www.tandavnews.com
Fact ~ In search of truth

विश्वकर्मा समाजले भलिबल प्रतियोगिता गर्ने

पोखरा
ताण्डव न्यूज

विश्वकर्मा समाज नेपालले भलिबल प्रतियोगिता एवम् विविध सास्कृतिक कार्यक्रम–२०७५ आयोजना गर्ने भएको छ ।

विश्वकर्मा पूजाको अवसर पारेर यहि असोज १ गते देखि ३ गतेसम्म प्रतियोगिता गर्ने आज (शुक्रवार) पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

Batas

विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश बराइलीले समुदाय भित्र रहेका विश्वकर्मा खेलाडीहरुलाई क्षेत्रीय तथा राष्ट्रिय खेल स्तरसम्म पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमले क्रमश ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ, शिल्ड मेडल सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

त्यस्तै म्युजिकल चियरमा प्रथम हुनेलाई २ हजार रुपैयाँ, द्वितीयलाई १ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ सय रहने साथै घैटो फुटाउनेमा प्रथम पुरस्कार १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अनुमानित १० टिमको सहभागिता रहने प्रतियोगिता पोखरा महानगरपालिका–२९ भण्डारढिक खेल मैदानमा गरिने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.