www.tandavnews.com
Fact ~ In search of truth

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

क्वेटा,पाकिस्तान,  (रासस/एएफपी): पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ ।

विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

पाकिस्तानमा आज जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।

मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको क्वेटास्थित स्थानीय अधिकारी हासिम गिल्जाईले बताएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.