www.tandavnews.com
Fact ~ In search of truth

विएम डब्लु बाइक अब पोखरामा

पोखरा 
ताण्डव न्यूज ।

बहुप्रतिष्ठित जर्मन मोटरबाइक कम्पनी वि.एम. डब्लु. को डिलरसिप अब पोखरामा भित्रिएको छ । गुणस्तरिय रेसिङ र एड्भन्चर्सको लागि विश्व प्रख्यात मोटरबाइकको आधिकारीक डिलर जोन्छे ग्रुप अन्तरगत जोन्छे मोटरआर्ड पोखरामा भित्रिएको हो ।

प्रारम्भिक चरणमा दुई मोडलका मोटरसाइकलहरु पोखरामा भित्रिएका छन् । दुई मोडलहरु बि.एम. डब्लु. जी. ३१० आर.र जी ३१० जि.एस. मोटरसाइकलहरु पोखरामा भित्रिएको गु्रपका डाइरेक्टर नुरज बाटाजुले जानकारी दिए । विश्वस्तरिय सोरुम तथा सर्भिस सेन्टरको निर्माण समेत पोखराकै नयाँ बजारमा सुरु भइसकेको छ ।

Batas

नौ लाख ५० हजार रुपैयाँबाट विक्रि सुरु हुने यि मोटरसाइकलका मोडलहरु सिटी र एड्भेन्चर्स दुबैको लागि उपयूक्त रहेको बाटाजुले बताए ।
‘नौ लाख ५० हजार रुपैयाँबाट विक्रि सुरु हुने बाइकहरु अब यस ठाउँको भूगोल र आवश्यकतालाई मध्यनजर गरेर जोन्छे ग्रुपले पोखरामा भित्र्याएको छ,’ उनले भने, ‘यो मोटरसाइकल अन्य मोटरलाईकल भन्दा धेरै भिन्नता भएको मोटरसाइकल हो ।

यो कच्ची र पक्की दुबै सडकका लागि अति नै उपयुक्त छ ।’ विश्वविख्यात ब्राण्ड, बलियो र हेर्दा समेत लोभलाग्दो (राम्रो) देखिने मोटरसाइकलको बुकिङ समेत खुल्ला भइसकेको छ ।

तत्कालको लागि एक लाख रुपैयाँ बुझाएर मोटरसाइकल किन्न चाहनेहरुले बुकिङ गर्न सक्ने उनको भनाई छ । बुकिङको लागि ९८०२८३१७५७ र ०६१–४३२०९५ मा सम्पर्क गर्न सकिनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.