www.tandavnews.com
Fact ~ In search of truth

‘दिमागका विकार तत्व फाल्न किताव पढ्नुपर्छ’

ओम विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्ल पुस्तक अध्ययन र फुटकर लेखहरु प्रशस्त लेख्ने गर्छन् । उनै मल्लसँग ताण्डव साप्ताहिकले गरेको पुस्तक संवादको अंश :

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

सामान्यतय म आफू बैंकिङ्ग क्षेत्रमा संलग्न भएको हुनाले बैंकिङ्ग क्षेत्र तथा लिडरसिप सम्बन्धित पुस्तकहरु पढ्न मन पराउँछु तर, यसको साथै कहिलेकाँही समसामायिक राजनीति बिषयबस्तुका कितावहरु पनि पढ्न मन पर्छ ।

Batas

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले मैले पढ्दै गरेको पुस्तक नरम्यान भिन्सेन्ट पिलको ‘अ गाईड टु कन्फिडेन्ट लिभिङ्ग’ र ग्यारी केलर र जय पापासनको ‘द वान थिङ्ग’ हो ।

जीवनमा पुस्तकको महत्व कत्तिको हुन्छ ?

जसरी जुत्ताको लागि पालिस महत्व छ, जीवनमा पनि पुस्तक पढ्नु पनि त्यत्तीकै महत्व हुन्छ ।

तपाईलाई मन परेको पुस्तक ?

मलाई मनपरेको अंग्रेजी पुस्तकहरुमा द पावर अफ पोजिटिम थिंकिङ्ग, थिंक एण्ड ग्रो रिच आदी हुन भने नेपाली पुस्तकहरुमा जीवन काँडा कि फूल र रुक्माङ्गगद कटुवालको जिवनी आदी हुन् ।

मन नपरेको पुस्तक पनि होला नि ?

पुस्तक किन्दा म प्राय छानेर नै किन्छु । म के विश्वास राख्छु भने पुस्तकबाट पुस्तकमा भएका सबै पानाहरुमा आफूलाई मनपर्ने कुराहरु हुँदैनन् मलाई कुन पानाको कुन चिज मनपर्छ, त्यसैलाई नै ग्रहण गर्छु ।

उपहार दिँदा कस्ता पुस्तक दिनुहुन्छ ?

मैले उपहार दिँदा उपहार दिने व्यक्तिलाई आवश्यक भएको गुणसम्बन्धी पुस्तक उपहार दिने गर्छु । जस्तै कुनै व्यक्तिलाई भाषण गर्न असहज छ भने पब्लिक स्पिकिङ्ग सम्बन्धी किताब उपहार दिन्छु ।

नेपालका उत्कृष्ट ५ लेखक को—को लाग्छन् तपाईंलाई ?

मन परेका नेपाली लेखकहरुमा बिश्वेश्वर कोईराला, कर्ण शाक्य, डा. योगी विकासानन्द, रोहित भण्डारी र सुधिर शर्मा हुन् ।

तपाईंको आयको कति खर्च किताबका निम्ति गर्नुहुन्छ ?

आयको यति नै प्रतिशत किताबमा खर्च गर्छु भनेर प्रतिशतमा नै गणना गर्दा त न्यून प्रतिशत नै आउला । तर प्रत्येक महिना कुनै न कुनै किताब खरिद गर्ने बानी बसालेको छु भने दशै, तिहार, नयाँ बर्षमा र बाहिर कुनै पनि ठाउँमा जाँदा ठुलो मात्रामा खरिद गर्ने गरेको छु ।

केटाकेटी हुँदा घरमा कस्ता किताब थिए ?

केटाकेटी हुँदा कहिलेकाँही दाईले ल्याउनुभएको राजनीति सम्बन्धी कितावहरु पढ्थें ।

नयाँ पुस्तालाई किताबतिर कसरी तान्ने ?

जसरी कम्प्युटरका भाईरस फाल्नको लागि एण्टिभाईरस अपडेट गर्नुपर्छ, त्यसरी दिमागमा भएका अनावश्यक बिकार तत्वहरुलाई फाल्न किताव पढ्नु जरुरी हुन्छ । किताबमा गरिएको लगानी संसारको सबैभन्दा राम्रो लगानी हो ।

प्रस्तुति  : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.