www.tandavnews.com
Fact ~ In search of truth

#Breaking-पोखरामा लागुऔषध कारोबारीमाथी प्रहरीले गोली चलायो (भिडियो)

ताण्डव न्युज ।    पोखराको उत्तम चोकमा लागूऔषध बोकेका एक व्यक्तिमाथि कास्की प्रहरीले गोली चलाएको छ । नियन्त्रणमा लिन खोज्दा पोखरा १० उत्तम चोककै ३० वर्षी गोविन्द थापाले प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रहरीले विस्तृत घटना विवरण दिएको छैन । गोली लागेर घाइते थापालाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पु‍¥याइएको स्रोतले जानकारी दिएको छ । विहान ११ बजे पोखरा १० उत्तम चोकाको आवर उत्तम क्याफेबाट थापालाई पक्राउ गर्नेक्रममा प्रसनी सन्तोष सुबेदी समेत सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ । कुल १५०० थान प्रतिबन्धित लागू औषध बरामद भएको प्रहरी स्रोतले बतायो । त्यस्तै घटनास्थलबाट ग १३ प ८२२८ नं को मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Batas

पोखरा उत्तम चोकमा एक लागुऔषध बोकेको ब्यक्ति माथी कास्की प्रहरीले गोली चलाएको छ ।

पोखरा उत्तम चोकमा एक लागुऔषध बोकेको ब्यक्ति माथी कास्की प्रहरीले गोली चलाएको छ । स्रोतका अनुसार प्रहरीले नियन्त्रणमा लिन खोज्दा ति ब्यक्तिले प्रहरी माथी नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।

Gepostet von Tandav News am Dienstag, 11. Juni 2019

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.