www.tandavnews.com
Fact ~ In search of truth

बुद्ध जयन्तीको अवसरमा उर्गेन जनकल्याण अभियान हुने

पोखरा
ताण्डव न्यूज ।

२५६२ औँ बुद्ध जयन्तीको अवसरमा उर्गेन जनकल्याण अभियान आयोजना गरिने भएको छ ।

‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ श्री उर्गेन छ्योलिङ्ग बौद्धिष्ट गुम्बा तथा उडियाना आध्यात्मिक ध्यान केन्द्रको आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

Batas

लेकसाइड डिहिकोपाटनमा बैशाख १७ र १८ गते दुई दिने कार्यक्रम हुने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा समस्त प्राणी तथा मानव कल्याणको लागि भगवान बुद्धद्वारा प्रतिपादित रेकी विद्याको सेवा लिन सकिने छ ।

रेकी विद्या ब्रम्हाण्डव्यापी शक्तिलाई ध्यान विधिबाट आभामण्डल हुँदै हातमा ल्याई उपचार गर्ने विधि भएको आयोजकले जानकारी गराएको छ ।

उक्त विद्याद्वारा सम्पूर्ण शाारीरिक तथा मानसिक रोगहरुलाई विना औषधि २१ दिनमा निर्मुल बनाउनका साथै आत्मविश्वास, आत्मबल तथा आत्मजागृति गराई आत्मिक रुपमा खुशी, शान्ति र आनन्दित जीवन जीउन त्यस विद्या बाट मद्दत पुग्ने आयोजकले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.