www.tandavnews.com
Fact ~ In search of truth

बुलबुलको अर्को दमदार गीत ‘जाद्रै बस्यो दिल’ सार्वजनिक

काठमाडौँ ।

हलमा प्रदर्शन हुन दुई साता बाँकी हुँदा चलचित्र बुलबुलले ‘जाद्रै बस्यो दिल’ बोलको गीत सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेक मेलामा हजारौं दर्शकहरुको माझमा कलाकारहरुको उपस्थित सहित निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।

नयाँ नयाँ प्रचारशैली अवलम्बन गर्दै आएको बुलबुल टोलीले पहिलो गीत माया ओई ओई पनि दर्शकहरुकै माझमा गएर कलाकारहरुलाई नचाउँदै सार्वजनिक गरेको थियो । सार्वजनिक गीतमा पीडाको भावमा मर्मस्पर्शी शव्दहरुको जर्वजस्त संयोजन गरिएको छ । गीतको दृश्यमा कहिले सडकमा हिंडदै गरेकी र पानीमा रुझ्दै गरेको देखिएकी अभिनेत्री स्वस्तिमा खडकाको जीवन्त अभिनय झल्किन्छ ।

Batas

सो कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक विनोद पौडेलले चलचित्रले समाजको एक वर्गको जीवन उतार्ने , एक महिलाको जीवन यात्रा र अन्र्त देखाउने तर कुनै सन्देश,शिक्षा वा निस्कर्ष नदिने बताउँदै सोही मनस्थिति बोकेर हलमा जान अनुरोध गरे । साथै चलचित्र निर्माता अविरल थापाले यो चलचित्रले आफ्नो त परीक्षा लिन्छनै साथसाथै मौलिक चलचित्र भएन भएन भनेर गुनासा गरिरहेका दर्शकहरु र चलचित्र समीक्षकको पनि परीक्षा लिने बताए ।

सार्वजनिक गीतमा मनिकला पौडेलको शव्द संकलन,उदगम परियारको संगीत र रजिना रिमालको स्वर रहेको छ । बुलबुल चलचित्रमा स्वस्तिमा खडका,मुकुन भुषाल,जोयस पाण्डे,लक्ष्मी बर्देवा,दीपक क्षेत्री,एलिना कार्की ,सृष्टि भट्राई लगायतको अभिनय छ । अविरल थापा लगायतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।

अहिलेसम्म प्रस्तुत दृश्य सामग्रीबाट मौलिकपन देखाएर धेरैले आश गरेको र प्रतीक्षा गरिरहेको चलचित्र बुलबुल आगामी फागुन ३ गतेदेखि देशैभर प्रदर्शन हुँदैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.