www.tandavnews.com
Fact ~ In search of truth

‘टेम्पोवाली रनकला’लाई स्वस्तिमाको प्रश्न : अनि रिलेसनसिपमा बस्या छ कि छैन ? (भिडियो)

पोखरा
ताण्डव न्यूज ।

गित सार्वजनिकदेखि नै फिल्म ‘बुलबुल’को निर्माण टिम फरक शैलीमा प्रचारप्रसार गरिरहेको छ । ‘खुद्राखुद्री’लाई दर्शक श्रोताले रुचाएपछि सार्वजनिक गरिएको टिजरले पनि बुलबुल रिलिजलाई पर्खाइको फिल्म बनाइदियो ।

फागूण ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बुलबुल’ टिमले प्रचार समाग्री सार्वजनिक गरेको छ । युट्युबमार्फत सार्वजनिक भिडियोमा स्वस्तिमाले आफ्नै फिल्ममा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् ।

Batas

‘साँघुरो’का लेखक बिनोद पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् ।

भिडियोसँगै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते फिल्मको ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए ।

चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्कीलगायतको अभिनय छ ।

भिडियो

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.