www.tandavnews.com
Fact ~ In search of truth

क्यानले प्राविधिक शिक्षातर्फ छात्रवृति प्रदान गर्ने, कसरी भर्ने आवेदन ?

पोखरा
ताण्डव न्यूज ।

कम्प्युटर एसोसिएसन नेपाल महासघंले प्राविधिक शिक्षातर्फ छात्रवृति दिने भएको छ ।

राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिव, जेहेन्दार विद्यार्थीहरुको लागी छात्रवृतिको सुरुवात गरेको जनाएको छ ।

Batas

लर्ड बुद्ध एजुकेशन फाउण्डेसन सगँको सहकार्यमा देशभरबाट यसवर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न लागीएको हो ।

प्रत्येक प्रदेशका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरीने बताईएको छ । फिमेल मेरीट आईसीटी स्कलरसीपबाट ४ जना, आईसिटी मेरिट स्कलरसीपबाट ३ जना गरी एक प्रदेशबाट ७ जनालाई छात्रवृति प्रदान गरीनेछ । सातैवटा प्रदेशबाट कुल ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको छात्रबृद्धि पाउनेछन् ।

छात्रवृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफीक युनिभर्सीटि अफ टेक्नोलोजी एण्ड एनोभेसनको एफिलेशनमा सन्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि एस सी आईटीको अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारको मान्यताप्राप्त शिक्षण सस्थाबाट ५० प्रतिशतबाट अकंसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अकं ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरीङमा डिप्लोमा गरेकाहरुले छात्रवृद्धिका लागी आवेदन दिन सक्नेछन् ।

छात्रवृत्तिका लागी कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागी क्यान महासघंले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रवृत्ति छनौट समिती गठन गर्नेछ ।

छनौट समितीले कक्षा १० र कक्षा १२ को प्राप्त अकं, स्थायी ठेगाना, आर्थीक अवस्था र स्थानिय सरकारको सिफारीस लगायतका आधारमा छनौट गर्नेछ ।

छात्रबृत्तिका लागी इच्छुक विद्यार्थीले क्यान महासघंको जिल्ला शाखामा सिधै अथवा क्यान महासघंको वेबसाइट बाट आवेदन दिन सक्नेछन् ।

आवेदन दिदा साथमा फोटो, नागरीकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्र्किसटको प्रतिलीपी, कक्षा १२ को प्रवेशपत्र र स्थानिय सरकारको सिफरीसपत्र पेस गर्नुपर्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.