www.tandavnews.com
Fact ~ In search of truth

वन जोगाउन कस्सियो ‘चैनपुर वन संरक्षण संघर्ष समिति’

पोखरा
ताण्डव न्यूज ।

चैनपुर वन संरक्षण संघर्ष समिति पोखरा ३३ले वन क्षेत्रको जग्गा संरक्षणका लागि आर्थिक संकलन गर्ने निर्णय गरेका छन् ।

वन संरक्षणका लागि कास्की जिल्ला अदालतमा मुद्धा दर्ता गराएका उनिहरुले मुद्धा लड्दा चाहिने रकमकालागि उपभोक्तासँग आर्थिक संकलन गर्ने निर्णय गरेका हुन् ।

Batas

वन व्यावसायिक प्रयोजनका लागि फँडानी गर्न लागिएपछि उनीहरु फँडानी गर्न नपाइने भन्दै अदालतमा मुद्धा दर्ता गरेका थिए ।

व्यक्तिको नाममा कसरी आयो जग्गा ?

पुस्तौंदेखि सार्वजनिक प्रयोजनमा रहेको जंगल चार दशकअघि नै व्यक्तिले दर्ता गरेका थिए । जुन कुरा अहिले व्यवसायीक प्रयोजनकालागि फडानी गर्न लागिएपछि मात्रै थाह भएको हो ।

तनहुँको खैरेनीटारस्थित तत्कालीन कृषि केन्द्रमा काम गर्ने कुमार मालीकी श्रीमती उमादेवी र साबिकको कास्की शिशुवाका नगेन्द्रमणि भण्डारीका नाममा उक्त जंगल दर्ता भएको स्थानीयले बताए। २०७२ मा उक्त जंगल स्थानीय बेलबहादुर कार्की र यज्ञप्रसाद अधिकारीलाई बिक्री गरेको पाइएको थियाे।

जग्गा किनेका कार्की र अधिकारी रिसोर्ट खोल्ने योजनासाथ रुख काट्न आवश्यक प्रक्रियाका लागी ईलाका वन कार्यालय कुँडहर पुगेका थिए।

सरकारी वनसंग जोडिएको क्षेत्र भएकाले आवश्यक नापजाँचका लागि ईलाकाले नापी कार्यालयलाई पत्राचार गरेको थियो। नाप्ने क्रममा जग्गा जंगलको बिचमा देखिएपछि प्रश्न उठेको हो ।

विवाद भएपछि जंगलका रुख नकाट्न इलाका वन कार्यालयले निर्देशन दिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.