www.tandavnews.com
Fact ~ In search of truth

बिरौटामा खुल्यो ‘चिकेन प्वाइन्ट’

पोखरा
ताण्डव न्यूज

पोखरा बिरौटा पार्दीमा ‘चिकेन प्वाइन्ट’ सञ्चालनमा आएको छ । व्यवसायी चन्द्रकान्त बराल र उनका सुपुत्र सूर्य बरालले उक्त प्वाइन्ट सञ्चालनमा ल्याएका हुन् ।

विशुद्ध चिकेन परिकारका खाजा उपलब्ध हुने उक्त प्वाइन्टबाट किनेर घरमै खाजा लैजाने व्यवस्था छ । सूर्य बरालका अनुसार पोखरा वरिपरी होम डेलिभरको सुविधा रहेको छ । ‘फोन गरेर अडेर गरेको एक घण्टा भित्र घरमै पु¥याउने योजना छ,’ सूर्य बरालले भने, ‘युरोपियन स्टान्टर मेसिनद्धारा काम गछौं ।’

Batas

उनले पोखरामा उत्पादन हुनेभन्दा फरक परिकारहरु बनाइने दाबी गरे । ‘प्लेटमा खाजा दिनेभन्दा पनि केजीमा बेच्ने सिस्टम रहेको छ । अहिले चिकेनका ७ परिकार बनाइएको छ,’ उनले भने, ‘अहिले उपभोक्ताको कस्तो प्रतिक्रिया आउँछ भनेर सस्तोमा बेचिरहेका छौ ।

विगत दुई हप्तादेखि वरपरका उपभोक्तालाई बोलाएर परिकार चाख्न लगाएका छौं ।’ २ करोड रुपैयाँ लगानीमा निर्माण भएको प्वाइन्टमा १० जना कर्मचारी आवद्ध छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.