www.tandavnews.com
Fact ~ In search of truth

१५ फोटोमा हेर्नुहोस् ! पोखरामा ‘छठ’काे माहौल

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा छठ पर्वको रौनकले तालतलाउ भरिभराउ भएका छन् । यहाँका नारायणस्थान मन्दिर, रिट्टेघाट त्रिवेणी धाम (कालीखोला) र केदारेश्वर मन्दिरमा गरी तीन ठाउँमा छठ पूजाको लागि छठीमाईका भक्तजनहरुले उल्लेख्य सहभागीता देखिएको छ ।

तराई तथा भारतीय मुलुकका जनसमुदायले पोखरामा भव्य रुपमा छठ मनाएका छन् । उनीहरुलाई यहाँका आमा समूह, क्लब लगायतले साथ दिएका थिए । पोखरामा २०५१÷०५२ साल देखि छठ पर्व मनाउन थालिएको हो ।

Batas

पूजा हुने स्थलका घाटहरुमा केराको खाम सहितको सजिसजावटका सामानले झिलीमिली देखिन्थ्यो ।

चारदिनसम्म चोखो खाई ब्रतबसी छठको पूजा गरी अन्तिम दिन बिहान सूर्यलाई अर्घ दिएर मात्र अन्न खाने गर्दछन् । छठको दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा गरी अर्घ चढाएका थिए ।

छठको दिन रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गरी छठ पर्व मनाउने गर्दछन्। ब्रत बस्ने महिला तथा पुरुषले स्नान गरी बेलुका दूध, चामलको खीर प्रसादको रुपमा खाने गर्छन् ।

वर्षभरी प्रकृति राम्रो होस्, रोग व्याधी केही नहोस्, वातावरण अनुकुल होस्, खेतिबाली राम्रो होस्, परिवारमा सुखशान्ती होस् भनेर छठ पर्व मनाउन थालिएको छठीमाईका भक्तजनहरु बताउँछन् ।

छठ पर्वमा केरा, ढेकुवा (गहुँको पिठोबाट बनेको परिकार) र लड्डु नभईनहुने प्रसाद बनाइने गरिन्छ । यस पर्वमा ब्रतालुले सबेरै हात खुट्टाका नङ काटी नुहाएर सफा कपडा पूजा गरी शुद्ध भोजन गर्ने गर्छन् ।

तस्विर : माधव भुसाल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.