www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सिएट टायरको ग्राहक भेटघाट कार्यक्रम

पोखरा

सिएट टायरको ग्राहक भेटघाट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । व्यवसाय प्रवद्र्धनको लक्ष्यसहित कार्यक्रम गरिएको हो । सिएट टायरको विशेषताहरुका बारेमा ग्राहकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको सिएट टायरका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता मोनिका सप्लायर्सका सञ्चालक मोहनबावु खड्काले जानकारी दिए ।

उक्त अवसरमा बोल्दै सिएट टायरका लागि नेपाल कन्ट्री म्यानेजर रजनिस कुमारले सिएट टायर संसारभर लोकप्रिय रहेको बताए । ‘सिएट टायर निकै बलियो र विश्वसनीय छ,’ उनले भने, ‘नेपालमा सिएट टायरको माग उच्च छ ।’ सिएट टायरले ग्राहकको विश्वास जित्न सफल भएको उनको दावी छ ।

Batas

न्युरोडस्थित सिटी स्क्वायर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका यातायात व्यवसायी तथा सिएट टायरका ग्राहकहरु करिब एकसय जना सहभागी भएको खड्काले जानकारी दिए । ‘सिएट टायरको बिक्री पछिको सेवा राम्रो छ,’ खड्काले भने, ‘भारतमा उत्पादित सिएट टायर पोखरा भित्रिएको छोटो समयमा नै लोकप्रिय बनेको छ ।’

भारतमा सन् १९४७ देखि उत्पादित सिएट टायर संसारका धेरै राष्ट्रहरुमा बिक्री हुँदै आइरहेको छ । मोटरसाइकलदेखि जहाजसम्मका सिएटका टाएरहरु उत्पादन हुँदै आइरहेका छन् । अरु ब्राण्ड भन्दा उत्कृष्ट, बढी माइलेज दिने विशेषताका कारण सिएर टायर ग्राहकको रुचीमा पर्ने कन्ट्री म्यानेजर रजनिसले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.