www.tandavnews.com
Fact ~ In search of truth

ल्याटे आर्ट सम्पन्न, विजेता नरेसले प्राप्त गरे नगद १५ हजार

पोखरा
ताण्डव न्यूज ।

लर्निङ हाउसको आयोजनामा पोखरामा सम्पन्न ल्याटे आर्ट (कफी) प्रतियोगितामा नरेस गर्बुजा पुनले उत्कृष्ट विजेताको उपाधि हात पारेका छन् ।

प्रतिस्पर्धामा २१ संलग्न प्रतिस्पर्धीलाई उछिन्दै उनले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्न सफल भएका हुन्

Batas

ल्याटे आर्टलाई थप व्यवसायिक र प्रबद्र्धन गर्ने हेतुले लर्निङ हाउसले दोस्रो संस्करण ल्याटे आर्ट प्रतियोगिता पोखरामा आयोजना गरेको कार्यक्रममा जानकारी दिइयो ।

दोर्जे बार एण्ड ग्रिल लेकसाइडमा सम्पन्न कार्यक्रमका सहभागिले ५ मिनेटको समयमा विभिन्न आकर्षक ल्याटे आर्ट बनाएर प्रस्तुत गरेका थिए ।

आशिष श्रेष्ठ, अरुण प्रधान, दोर्जे लामा र रामप्रसाद अधिकारीको ४ सदस्यीय निर्णायक मण्डलले पुनलाई उत्कृष्ट विजेता घोषित गरेका हुन् ।

कार्यक्रममा दोर्जे बार एण्ड ग्रिल, हिमालयन जाभा कफि पोखरा, क्यासाडिओ र लेवल नेक्स्टको सहकार्य रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.