www.tandavnews.com
Fact ~ In search of truth

प्रेमलाई हल्का बनाएर लेखेको पुस्तक मन पर्दैन्

प्रकट पंगेनी ‘शिव’ नेपाली गजलको समसामयिक चरणका लोकप्रिय गजलकारको रुपमा स्थापित एउटा नाम हो । वास्तविक नाम शिवराज पंगेनी भए पनि प्रकट पंगेनी ‘शिव’ नामले उनी साहित्य फाँटमा परिचित छन् ।

प्रकटले साहित्यका कविता, गीत, गजल, मुक्तक आदि पद्य विधामा आफूलाई स्थापित गराउन सफल भएका छन् । यि मध्ये पनि उनलाई गजलकार र त्यसमा पनि प्रणय गजलकारको रुपमा सबैले चिन्ने गरेका छन् । उनी पंगेनीसँग गरिएको पुस्तक संवाद:

अहिले कुन पुस्तक पढ्दैहुनुहुन्छ ?

Batas

विभिन्न प्रकारका पुस्तक पढ्ने गर्छु । एउटै पुस्तकलाई लगातार पढ्दिन् । मेरो बानी एउटा पुस्तक पढेपछि थन्काएर अर्को पुस्तक पढ्ने छ । वेदप्रकाशको ‘निशा’ , पारिजातका संकलन कृतिहरु पनि पुन फेरी दोहो¥याएर पढ्न लागेको छु ।

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

यस्तै शैलिको पुस्तक भन्ने त छैन् । तर पनि अलिकति आत्मपरक, भावपरक पुस्तक मन पर्छ । आपूm पनि त्यस्तै लेख्ने भएकोले घटनापरक भन्दा पनि आत्मपरक शैलीका पुस्तक मन पर्छ ।

पुस्तकले जीवन परिवर्तन हुन्छ जस्तो लाग्छ ?

लाग्छ, हामीले पनि पुस्तक लेख्दा केही न केही होस भन्ने चाहान्छौ । पुस्तकको अभिव्यक्तिले प्रेरणा मिलोस् भनेर हरेक लेखकले त्यही सोच्छन् । अव परिवर्तन हुने नहुने कुरामा के हो भने, हामीले गिता, महाभारत पढेका छौं । धेरैका जीवनगाथाहरु पनि पढ्ने गर्छौ । कतिले पढाईको लागि मात्र पढ्छन् भने कतिले आत्मसाथ र अनुशरणको लागि पनि पढ्छन् ।

तपाईलाई मन परेका पुस्तक ?

मलाई पारिजातका सबै उपन्यासहरु मन पर्छ । शान्ति शर्माको ‘अम्लार फुल’, शारदा शर्माको ‘ताप’ अग्नि स्पर्श , मनुपराज गिरीको सबै कथाहरु आदी ।

मन नपरेका पुस्तक पनि होलान् नि ?

साह्रै हल्का तरिकाले लेखेका पुस्तक त्यति राम्रो लाग्दैन् । प्रेमलाई हल्का बनाएर पुस्तक लेखेको मन पर्दैन किनकी म प्रेमको पहिल्यैदेखि उपाशक हो । मेरो जीवनशैलीपनि प्रणयपरक बन्न गयो । त्यसकारण प्रेमलाई सबै रुपबाट लिने, प्रेमलाई स्वार्थपरक रुपमा लेखिने पुस्तक मन पर्दैन् । प्रेमलाई आदर्श मान्ने, सर्वोत्कृष्ट, जीवन मान्ने पुस्तकहरु मन पर्छन् ।

तपाईले उपहार दिँदा कस्तो पुस्तक दिने गर्नुहुन्छ ?

मैले पुस्तक दिन थालेको दुई वर्षजति भयो । मैले ब्रतबन्धदेखि विवाह समारोहमा गएर पनि पुस्तक उपहार दिएको छु । विशेषगरी विद्यार्थीको नेचर अनुसारको नयाँ–नयाँ पुस्तक उपहारस्वरुप दिने गरेको छु । यो अवधिमा झन्डै ३५ वटा जति उपहार दिए होला । बुके, खाममा पैसा दिनेभन्दा पुस्तक बेरेर दिउँ भन्ने चाहना हुन्छ । यसले प्रकाशकदेखि लेखकलाई पनि प्रोत्साहन मिल्छ जस्तो लाग्छ ।

पुस्तक किन पढ्ने ?

यो एउटा स्वभाव हो । सबै मान्छे कवि हुँदैनन् र सबै लेखक पनि हुँदैनन् । यो पनि एउटा नशा हो । सुरुमा मान्छेले नशा लेख्छ । त्यस्तै पुस्तक किन लेख्ने भनेजस्तै हो पुस्तक पढ्ने पनि । आफूले लेखेको पुस्तक अरुले लेखेको पुस्तकमा जाझो पनि हुन्छ । अन्य लेखकको विचार के छ भन्ने बुझ्नलाई पनि पढिन्छ । जस्तो एउटा कलाकारले अर्को कलाकारको पेन्टिङ हेर्न गएकै हुन्छ । त्यही भएर प्रोत्साहनको रुपमा पनि पुस्तक पढ्नुपर्छ ।

प्रस्तुति: सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.