www.tandavnews.com
Fact ~ In search of truth

नेकपा (अण्डरलाइन) गठन निर्णयकाे प्रवासमा स्वागत

मकाउ, चीन
ताण्डव न्यूज ।

गत जेठ ३ गते नेपालका दुई ठूला दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता भई गठन बनेकाे नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) लाई चीनको प्रान्त मकाउमा स्वागत गरिएको छ ।

प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च मकाउको सयुक्त आयोजनामा ब्रोकेन चर्च स्थित नेपाली रेष्टुरेण्टमा आयोजित शुभकामना एवं स्वागत दीप प्रज्वलन गरी निर्णयको स्वागत गरिएको हो ।

Batas

प्रवासी नेपाली मञ्च मकाउका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै नेपालमा कम्युनिष्ट पार्टी एकिकरण हुनु सारा नेपाली र नेपालको हितको पक्षमा भएको औल्याए ।

कार्यक्रममा नेपाली राष्ट्रिय धुनसँगै नेपालमा राजनीतिक स्थायीत्वका लागि बलिदानी दिएका सहिद प्रति भावपूर्ण श्रद्धा व्यक्त गरिएको थियो ।

नवगठित पार्टीको सांगठनिक ढाँचाको बारेमा चर्चा गर्दै प्रवास कमिटीका महासचिव उत्तम गुरुङले पार्टीको सर्कुलर प्रतिक्षारत रहेको बताए ।

‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पनालाई सार्थकता दिन प्रवासमा रहेका सारा नेपालीले नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको कार्यक्रमका वक्ताहरुले जनाएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.