www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको नियमावली पारित

काठमाडौँ (रासस)

नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ ।

नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको हो ।

Batas

नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसबारे बिहीबार सचिवालय बैठक पुनःबस्नेछ ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेताहरु वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले दिएको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो । उक्त नियमावली प्रकाशन हुनेछ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रभास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.