www.tandavnews.com
Fact ~ In search of truth

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला

पोखरा (रासस)

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताउनुभएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

Batas

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै १३आँै दक्षिण एशियाली खेलकुद प्रतियोगिता९साग०लाई सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुका साथै आगामी बजेटमा खेललाई प्राथमिकतामा राख्नुपर्ने मन्त्री विश्वकर्माले बताउनुभयो ।

पोखरासहित प्रदेश नं ४ मा खेल पर्यटनका अत्याधिक सम्भावना रहेको उल्लेख गर्दै उहाँले यसको उजागरका लागि सरकार लागिपर्ने धारणा राख्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारभन्दा पनि निजी क्षेत्रबाट खेल क्षेत्रका पूर्वाधारमा लगानी भइरहेको धारणा राख्दै यस क्षेत्रको विकासमा राज्यको लगानीले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले खेलाडीलाई खेलेर जीविकोपार्जन गर्ने अवस्था नआउँदासम्म यस क्षेत्रको अपेक्षित विकास हुननसक्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राज्यबाटै खेल क्षेत्र उपेक्षित भइरहेको बताउँदै राष्ट्रिय पहिचान दिने मार्सल आर्ट जस्ता खेल ओझेलमा परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला बास्केट बल संघ कास्कीका अध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराललगायतले मन्त्री विश्वकर्माको कार्यकालमा उत्साहजनक रुपमा खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.