www.tandavnews.com
Fact ~ In search of truth

सैनिक महाविद्यलयमा ‘साइबर क्राइम’बारे अभिमुखीकरण

पोखरा ।

सैनिक आवासीय महाविद्यालय फूलबारी पोखरामा एक दिने साइबर अपराध र लागु औषध सचेतना सम्वन्धि एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

कक्षा ९ र १० मा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक प्रहरी निरिक्षक टंक पौडेल तथा प्रहरी जवान कृष्ण रेग्मीले तालिम प्रदान गरेका थिए ।

Batas

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक अशोक सिहंले प्रहरी, लागु औषध तथा साइबर क्राइम सम्वन्धि विद्यार्थीहरुका जिज्ञाशाको समाधान गरे ।

सिंहले कानुनी राज्यको पालना गराउने प्रहरीको प्रमुख जिम्मेवारी रहेपनि भोलीका कर्णधार विद्यार्थीहरुलाई लागु पर्दाथ बारे सचेत बनाउदै कुलतमा फस्न नदिन तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग हुन नदिन जिल्ला प्रहरी कार्यालयले विद्यालयहरुसँग सहकार्य गर्दै १२० वटा भन्दा बढी विद्यालयमा साइबर अपराध र लागु औषध सम्वन्धि कार्यक्रम सञ्चालन गरेको जनाए ।

कार्यक्रमलाई सहजीकरण गर्दै सहायक प्रहरी निरिक्षक टंक पौडेलले लागु औषधबारे अभिमुखीकरण गरेका थिए भने प्रहरी जवान कृष्ण रेग्मीले साइबर अपराध अन्तर्गत पर्ने विभिन्न क्रियाकलाप बारे विद्यार्थीहरुलाई सचेत गराउँदै यसबाट कसरी जोगीने भन्ने विषयमा अभिमुखीकरण गरे ।

महाविद्यालयका सैनिक सम्पर्क अधिकृत सेनानी सुदीप अर्यालले यस्ता तालिम तथा अभिमुखीकरणले विद्यार्थीहरुलाई थप सचेत बनाउने बताए ।

महाविद्यालयका सहप्राचार्य डोलराज श्रेष्ठको समेत उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक उपेन्द्रप्रसाद पौडेलले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.