www.tandavnews.com
Fact ~ In search of truth

दशनामी समाज कास्कीद्वारा गिरीलाई आर्थिक सहयोग

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी समाज कास्कीले पोखरा–१९ पुरुन्चौर निवासी ढाका गिरीलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

कलेजो र नशामा समस्यामा समस्या भई हाल गण्डकी मेडिकल कलेजमा उपचार गराई रहेका गिरीलाई नेपाल दशनामी समाज कास्कीले नगद पाँच हजार रुपैयाँ सहयोग गरेको हो ।

Batas

समाजका अध्यक्ष जगतमोहन गिरी, प्रथम उपाध्यक्ष हिरा गिरी, द्वितीय उपाध्यक्ष भरत गिरी र कोषाध्यक्ष गंगा गिरीले भेटघाट गर्दै विरामीको आफ्न्तलाई रकम हस्तान्तरण गरेका हुन ।

अध्यक्ष जगत मोहन गिरीले विरामीको पारिवारिक आर्थिक अवस्था कमजोर भएको हुनाले रकम सहयोग गरेको बताए ।

‘उहाँको उपचारको लागि पहिलो चरणमा ५ हजार दिएका छौं,’ उनले भने, ‘थप सहयोग पनि दिने छाै‌ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.