www.tandavnews.com
Fact ~ In search of truth

‘दयारानी’ को फस्टलुक पोष्टर सार्वजनिक

पाेखरा,

चलचित्र ‘दयारानी’ को फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र २०७६ साल जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

फस्टलुक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनलाई प्रस्तुत गरिएको छ । माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्रमा एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भनिएको छ ।  त्यसो त गुरुङ समुदायमा रोधी बस्ने परम्परा रहेको र दयालु युवतिलाई दयारानी भन्ने गरिएको भन्दै निर्देशक गुरुङले त्यहीबाट चलचित्रको नाम जुराएको स्पष्ट पारेका छन् ।

Batas

सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्देशक गुरुङले नै लेखेका हुन । चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायाँकन, बिनोद बानियाँ र राजनराज शिवाकोटीको संगीत र बिक्रम स्वारको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.