www.tandavnews.com
Fact ~ In search of truth

फेवातालमा लास फेला, १३ गते बेपत्ता भएका सुप्रिम हुनसक्ने आशंका

पोखरा
ताण्डव न्यूज ।

फेवातालमा एक ब्यक्तिको लास फेला परेको छ । आज(बुधबार) ११ बजे लास फेला परेको बैदाम प्रहरीले जनाएको छ ।

जेठ १३ गते आइतबार दिउसो हावाहुरीका कारण तालमा डुंगा डुबेको थियो । ५ जना सवार उक्त डुंगाबाट ४ जनाको सकुशल उद्धार  गरिएपनि रामेछापका १८ वर्षीय सुप्रिम लामा बेपत्ता भएका थिए ।

Batas

वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी नविन कार्कीका अनुसार अाज फेला परेकाे लास सुप्रिमसँग मिल्दोजुल्दो देखिएको छ ।

‘हुलिया सुप्रिमसँगै मिलेको जस्तो देखिन्छ । लास पूरै पानीले फुलेको छ । तर परिवारसँग बुझ्दै छौं । पुष्टि भैसकेको छैन’ उनले सुनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.