www.tandavnews.com
Fact ~ In search of truth

नेता बालदको हत्यामा संलग्न ६ जनालाई जन्मकैद

पोखरा
ताण्डव न्यूज ।

नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न ६ जनालाई जन्मकैदको फैसला भएको छ भने मतियारा ६ जनालाई एक/एक वर्ष जेल सजाए सुनाइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायधीस उमेश लुइँटेलको इजालासमा आइतबार हत्यामा संलग्न प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाट, सन्दिप गुरुङ, रविन केसी र बले भन्ने अशोक गुरुङलाई जन्मकैदको सजाय सुनाएका हुन् ।

Batas

मतियारा ठहर भएका भरत पौडेल, विरेन्द्रकुमार रानाभाट, रविन क्षेत्री, भीमबहादुर घले, चन्द्रबहादुर थापा र लालबहानुर सेन ठकुरीलाई एक/एक वर्षको कैद सजाय तोकिएको अदालत स्रोतले जनाएको छ ।

हत्यामा संलग्न ६ जना र मतियारा ५ जनालाई २०७२ सालमा अदालत पेस गरिएको थियो भने एक जना मतियारा फरार थिए ।

जसमा हत्यामा संलग्न ६ जना पुर्पक्षका लागि थुनामा पठाइएको थियो भने मतियारा ५ जनालाई २५ हजार रुपैयाँ धरौटी लिई अदालतले छाडेको थियो ।

बादल हत्या काण्डको पूर्ण विवरण हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

अदालतमा अल्झिएका वादल र नेहा हत्या काण्ड (घटना क्रम सहित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.