www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा ९३ प्रतिशत रोपाई

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

पानीको अभावको कारण पर्वतमा अझै रोपाई सकिएको छैन ।

आवश्यक मात्रामा बर्षा हुन नसकेपछि पर्वतमा अझै ७ प्रतिशत खेतमा रोपाई बाँकि रहेको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए दिए । ‘अहिलेसम्म ९३ प्रतिशत खेतमा धान रोपिएको छ,’ उनले भने, ‘बाँकी खेतमा रोपाई गर्न कि आकाशको पानी पर्नु प¥यो कि मुलकै पानी कुर्नु पर्ने बाध्यता छ ।’

Batas

रेग्मीका अनुसार साउनको अन्त्य सम्ममा खेत रोपाईँ सकिने छ । मुलको मात्र नभएर केही ठाँउमा नहर भत्किएको हुनाले रोपाई वेलैमा नसकिएको स्थानीय बताउछन् ।

जिल्लामा धान उत्पादनको पकेट क्षेत्र मानिएको फलेवासमा सडक स्तरोन्नतीका क्रममा नहर पुरिँदा अझै पनि रोपाईँ चलिरहेको छ । कटुवाचौपारीमा हालै मर्मत गरिएको नहर भत्कीएका कारण पर्याप्त पानीको अभावमा ढिलो गरेर रोपाईँ भैरहेको छ ।

पर्वतमा ९ हजार २१ हेक्टर खेत रहेको भए पनि आठ हजार ८४८ हेक्टर जमिनमा मात्र धान उत्पादन हुने गरेको छ । जिल्लामा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत स्थानीय जातको धान झण्डै ६० प्रतिशत क्षेत्रफलमा रोपिने गरिएको छ भने ४० प्रतिशत खेतमा उन्नत र हाईब्रिड जातको धान रोपीने गरिएको छ।

यस क्षेत्रको लागि हाईब्रिड जातका बीउको सिफारिस नगरिएको भएपनि कृषकहरु आफैले आयात गरेर हाईब्रिड जातको धान समेत रोप्ने गरेका छन् ।

तथ्यांक अनुसार पर्वतमा १ बर्षमा २९ हजार मेट्रीक टन खाद्यान्न बाली आवश्यक पर्ने गरेको छ। जसमा १२ हजार मेट्रीक टन आवश्यकता धानले पूरा गर्ने गरेको छ भने बाँकी रहेको १७ हजार मेट्रीक टन खाद्यान्न कोदो, मकै, गहुँ, जौ लगायतका खाद्यबाली आपूर्ति हुने गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.