www.tandavnews.com
Fact ~ In search of truth

सन्तोषको ‘ढाट्यो मायाले’ सार्वजनिक

पोखरा ।

दुई वर्ष अघि सार्वजनिक गरिएको रेशम फिरिरी गीत पश्चात गायक सन्तोष बस्यालले ढाट्यो मायाले सार्वजनिक गरेका छन् । पोखरामा विहीबार आयोजित लोकार्पण कार्यक्रममा उनलगीत सार्वजनिक गरिएको हो ।

गायिका सहिमा श्रेष्ठको साथ पाएका बस्यालको गीतमा संगीत र शब्द संगीतकार दिपक शर्माको छ ।

Batas

गीत लोकशैलीको छ । ढाट्यो मायाले गीत पनि एक लोकपन भएको गीत हो संगीतकार दिपक शर्माले भने । गीतमा समाजमा चलिआएका सामान्य बोलीचालीका भाषालाई नै समेटिएको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सन्तोष सहिमाको ढाट्यो मायाले गीतले आफ्नो मन छोएको बताए । माया प्रितका संवाद अन्तर्गत सामान्य बोलिरहने ठट्यौली शब्दहरुको संयोजन भएको गीत रहेछ, उनले भने ।

गीत तथा भिडियोको समिक्षा गर्दै गायक तथा संगीतकार विनोद बानियाँले गित निकै राम्रो बनेको बताए । शव्द संयोजन, गायकी, संगित, भिडियो सबै पक्ष राम्रो रहेको उनले बताए । पछिल्लो टे«नअनुसारको गीत भएकाले पनि गीत चल्नेमा उनको विश्वास थियो ।

कार्यक्रममा गायिका सहिमा श्रेष्ठले गीतको रेर्कडिङ र म्युजिक भिडियो छाँयाकनका बारेमा बोलेकी थिईन । गायक सन्तोषले आफ्नो यो तेस्रो गीत भएको बताए ।

यसअघि गायक ओम गुरुङ सहित योगेश काजीको शब्द संगीतमा रहेको रेशम फिरिरी गीत उनले सार्वजनिक गरिसकेका छन् ।  गायक बस्यालले आफनो पहिलो गीत मैले तिमीलाई माया गर्दा गीत पनि सार्वजनिक गरिसकेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्ट, रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे लगायतले बोलेका थिए ।

नेक्सन डान्स एकेडेमी काठमाडौंको प्रस्तुतिमा निर्माण भएको सन्तोष सहिमाको ढाट्यो मायालेको म्युजिक भिडियोको निर्देशन विभोर पोखरेलले गरेका हुन् । गीतमा अनुराग ठकुरी, बबिता श्रेष्ठ र बालकलाकार अविमा तामाङको अभिनय रहेको छ ।

त्रिवेणी संगितालय पोखराका सञ्चालक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा ओम फाण्डेसनका महासचिव लोकदोहोरी गायक सुरेन्द्र गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

मन क्षेत्रिले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.