www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा डिआईजी बोहरा र एसएसपी चौधरी आउने (सरुवा सूचि सहित)

पोखरा ।
अर्जुन गिरी/ताण्डव

चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराको जिम्मा सम्हाल्न प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान सिंह बोहरा आउने भएका छन् ।

संघीय प्रहरी इकाई गण्डकीमा भने प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरी आउने भएका छन् । डिआईजी बोहरा र एसएसपी चौधरीलाई गृह मन्त्रालयले जेष्ठ ३ गते बढुवा सूचीमा परेको थियो भने भोली पल्ट जेष्ठ ४ गते फुली थपिदिएको थिए ।

Batas

प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सूची अनुसार डिआईजी बोहरा संघीय प्रहरी एकाई कार्यालय सेतीबाट पोखरा आउने छन् । चैत २८ गते देखि प्रमुख विहीन बनेको प्रदेश कार्यालयमा अहिले एसएसपी रविन्द्रबहादुर धानुकले निमित्त प्रमुखको जिम्मा समालेका छन् भने डिआईजी बोहरा तीन/चार दिनमा पोखरा आई पुग्ने प्रहरी स्रोतले जनाएको छ ।

एआईजी कमलसिंह बम र डिआईजी पुष्पचन्द रञ्जित एकै लटमा अवकास पाएपछि प्रदेश कार्यालय प्रमुख विहिन बनेको हो । तत्कालिन समयमा प्रधानमन्त्री शेरवहादुर देउवाले प्रदेश समाल्न एआईजी खटाएका थिए । तर अब प्रदेश कार्यालय डिआइजीले नै समाल्ने छन् ।

संघीय प्रहरी इकाई गण्डकीमा समाल्न एसएसपी चौधरी महानगरीय प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रानी पोखरीबाट सरुवा भएर आउने भएका हुन् । एसएसपी विष्णुहरी गौतमले अवकास पाएपछि अहिले त्यहाँको कमाण्ड डिएसपी रामचन्द्र पौडेलले सम्हालेका छन् ।

डिआईजीकाे सरुवा सूचि

एसएसपीकाे सरुवा सूचि

 

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.