www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरमा जिल्ला अस्पताल संचालनमा ल्याउने प्रदेशको तयारी

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारले नवलपुरमा जिल्ला स्तरीय अस्पताल संचालनमा ल्याउने तयारी थालेकाे छ ।

कावासोती नगरपालिकामा अवस्थित ५५ शैयाको नेपाल मध्यविन्दू सामूदायिक स्मृति अस्पताल विकास केन्द्रलाई सरकारीकरण गरी संचालन गर्ने गण्डकी प्रदेश मन्त्रीपरिषद्को आज बुधबार बसेको बैठकले निर्णय गरेको हो ।

Batas

नेपालकै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरमा सरकारी स्तरको अस्पताल संचालनमा छैनन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रबाट नागरिकले सुविधा लिन वञ्चित नहोउन भन्ने हेतुले प्रदेश सरकारले संघीय सरकारलाई सो अस्पताल संचालनको लागि अनुमति समेत माग गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

जिल्ला समन्वय समिति नवलपुर, सम्बन्धीत नगरपालिका र अस्पताल व्यवस्थापन समितिले सम्पूर्ण पूर्वाधार सहितको संरचना हस्तान्तरण गर्न मञ्जुर रहेको भनि लिखित अनुरोध सहित प्रदेश सरकारलाई जानकारी गराईसकेको मन्त्री बस्नेतले जनाए ।

गण्डकी प्रदेश मन्त्रीपरिषद्को बुधबार बसेको बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री बस्नेत

त्यस्तै, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको प्रदेश आमसञ्चार नीति–२०७५ को मस्यौदा मन्त्रीपरिषद्को प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले तयार गरेको वरपीपल चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक–०७५ लाई प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेश सहकारी ऐन–०७५ को मस्यौदा स्वीकृत गरी प्रदेश सभामा पेस गर्ने प्रस्ताव मन्त्रीपरिषद्को बैठकबाट पास गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.