पोखरा।
गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेको प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाले साउन २१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुँवरले आज प्रमाणीकरण गरेका हुन् ।
नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि यो विधेयक ऐन बन्ने व्यवस्था रहेको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभाको सचिवालय र सङ्घीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक/एकप्रति पठाइएको छ ।-रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.