www.tandavnews.com
Fact ~ In search of truth

पर्यटक भित्राउने लक्ष्य नै लक्ष्य

गण्डकी पर्यटकीय प्रदेश हो । यहाँ थुप्रै पर्यटकीय गन्तव्य छन् । तालतलैया देखि धार्मिक स्थल, खेलकुद लगायतका गतिविधिले गर्दा यो प्रदेशलाई पर्यटकीय मान्न सकिन्छ ।

यहाँ आन्तरिक देखि बाह्य पर्यटकहरुको ओइरो लाग्ने गर्छ । तर यसलाई कसरी व्यवस्थित र दीर्घकालिन बनाउन सकिन्छ भन्ने बारे आवश्यक विषय हो । गण्डक प्रदेशको पर्यटनलाई मध्यनजर गर्दै सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाउने तयारीमा पनि जुटेको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमले पनि पर्यटनलाई प्राथमिकतामा राख्दै सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।सन् २०१९ मा आन्तरिक पर्यटन वर्ष, २०२० मा छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय स्तरको ‘प्रदेश पर्यटन वर्ष’ अभियान सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा छ ।

Batas

नीति तथा कार्यक्रम अनुरुप नै सरकारले सन् २०१९ भित्र १५ लाख पर्यटक, २०२२ सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । मन्त्रालयले माघ मसान्तसम्म दिएको तथ्यांक अनुसार प्रदेशमा चालु आर्थिक वर्षको ७ महिनासम्ममा १ लाख ९२ हजार पर्यटक भित्रिएका छन् ।

२०१९ को जनवरीमा जम्मा १० हजार पर्यटक प्रदेशमा भित्रिएका छन् । अंग्रेजी वर्ष अनुसार अझै ११ महिनामा प्रदेशले लक्ष्य पूरा गर्न १४ लाख ९० हजार पर्यटक भित्राउनुपर्ने देखिन्छ । प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ को लागि जनवरी देखि नै कार्ययोजना बनाईसकिएको बताएका छ ।

सरकारले आगामी मार्चमा गण्डकीका ११ वटै जिल्ला र ६ वटा प्रदेशमा प्रचारप्रसार गर्ने, ढोरपाटनमा मन्त्रिपरिषद् बैठकको आयोजना गर्ने, प्रदेशका सबै जिल्ला र स्थानीय तहमा सांस्कृतिक एवम् पर्यटन महोत्सव आयोजना गर्ने, राम्दी, आबुखैरेनी र पोखरामा पर्यटक सूचना केन्द्र स्थापना गर्ने, स्वागतद्वार बनाउने, होमस्टेहरुको ब्राण्डिङ गर्ने उल्लेख गरिएको छ ।

आन्तरिक पर्यटन वर्षका लागि सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नयाँ गन्तव्य पहिचान गरी ५० प्रतिशत पर्यटक नयाँ गन्तव्यमा पु¥याउने प्रदेश सरकारको योजना छ । नेपाल आउने पर्यटकको ३० देखि ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने तथ्यांकले देखाउँछ । अहिले वार्षिक रुपमा आन्तरिक र बाह्य गरी करिब १० लाख पर्यटक प्रदेश भित्रने पर्यटन मन्त्रालयको भनाइ छ ।

प्रदेशमा पर्यटकको बसाइ अवधि करिब ५ दिन अनुमान गरिएको छ । जहाँ विदेशी पर्यटकले प्रतिदिन ५४ डलर र आन्तरिक पर्यटकले प्रतिदिन ५ हजार रुपैयाँ खर्च गर्ने अनुमान गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.