www.tandavnews.com
Fact ~ In search of truth

सबैको सहयोगी सहकारी

विद्धान हेनरि काल्भर्टका अनुसार, ‘सहकारी सङ्गठनको त्यो रुप हो जसमा व्यक्तिहरु स्वेच्छाले आफ्ना हितको कुराहरु सुधारका लागि समानताको आधारमा एकसाथ मिलिजुली काम गर्दछन् ।’ विभिन्न विद्धानहरुले सहकारीको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेको पाइन्छ ।

नेपाली बृहत शब्द कोषका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पुँजी भएका व्यवसायी वा उपभोक्ताहरुले साझा रुपमा मिलेर सवैको निम्ति उपभोग्य वस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पुँजी तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।

एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ–आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिलि आ–आफ्नो आयको केहि अंश नियमित रुपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो । सहकारीलाई औद्योगिकरणको उपज मान्न सकिन्छ ।

Batas

यसरी विभिन्न परिभाषाले परिभाषित सहकारी सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रुपमा लिइएको पाइन्छ । सहकारीको विकाससँगै बेलायतमा सन् १८३२ मा स्थापित लकहस्र्ट लेन इन्डष्ट्रियल कोअपरेटिभ सोसाइटी र १८३९ मा स्थापित ग्यालासिल्स एण्ड हावीक कोअपरेटिभ सोसाइटी हाल सम्म पनि सञ्चालनमा छन् । यी दुवै सहकारीको नाम भने परिवर्तन भई हल क्रमशः हर्ट अफ इंग्लेण्ड कोअपरेटिभ सोसाइटी र लोथिएन बोडर्स एण्ड आर्गस कोअपरेटिभ सोसाइटी रहेका छन् ।

मानव सभ्यताको सुरुवातसँगै समूहमा बस्ने, सामुहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको पाइन्छ । विवाह, ब्रतवन्ध, काजक्रिया आदि धार्मिक कार्य सम्पन्न गर्न समाजका सवै सदस्यहरु सम्मिलित भई सह कार्य गर्ने परम्परा अझै कायम रहिआएको छ । सहकारी आन्दोलनको सुरुवात फ्रान्स, बेलायत, जर्मनी आदि देशबाट सुरु भएको थियो । रोबर्ट ओवेनलाई सहकारी आन्दोलनका पिता भनेर चिनिन्छ ।

नेपालमा विसं २०१० सालमा योजना विकाश तथा कृषि मन्त्रालय अन्र्तगत सहकारी विभाग गठन गरी सहकारीको संस्थागत विकासको थालनी भएको हो । तत्कालिन नेपाल सरकारले २०१३ सालमा ‘सहकारी गठन, दर्ता र सञ्चालन आदेश जारी गरेको र सोही कानुनको आधारमा चितवन जिल्लामा नेपालकै पहिलो सहकारी संस्था बखानपुर सहकारी संस्था दर्ता भई सञ्चालन भएको थियो । थोपा–थोपा मिलेर समुन्द्र बनेझै थोरै बचत संकलनबाट ठूलो कोष खडा गरी सहुलियत व्याजदरमा कर्जा प्रदान गर्न सहकारी उत्तम माध्यम बनेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.