www.tandavnews.com
Fact ~ In search of truth

सम्पादकीयः हाम्रो पाइला…

नेपालको संविधान २०७२ ले प्रदत्त गरेअनुरुप मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको छ । नागरिकका हक अधिकार सुनिश्चित गर्ने राज्यका नियमनकारी निकाय स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा विभाजन भई जिम्मेवारी सम्हाली सकेको स्थिती छ । यससँगै आम जनतालाई सूसुचित गराउने, राज्यका निकायलाई नागरिकप्रति उत्तरदायित्व गराउने उद्देश्य अनुसार नेपालको पत्रकारिता क्षेत्रले उल्लेखनीय योगदान गर्दै आईरहेको कुरा सर्वविदितै छ ।

प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा निर्विकल्प हुनेमा शंका छैन् । यस ४ नम्बर प्रदेशलाई मुख्य कार्यक्षेत्र मानी सूचना सम्प्रेषण गराउने हेतुले पछिल्लो समयमा बग्रेल्ती अनलाईन मिडिया पोखराबाट संचालित भईरहेका छन् । यससँगै आम जनमानसमा तथ्य, सत्य खोजमूलक पत्रकारिताको महशुस बढ्दै गइरहेकाले हामी ‘ताण्डव’ न्यूज अनलाइन लिएर तपाईहरु माझ प्रस्तुत भएका छौ । साथै, ‘ताण्डव साप्ताहिक’ छापा माध्यमबाट पनि तपाईहरु माझ प्रकाशन मार्फत आगामी दिनमै आउने जानकारी गराउन पाउँदा हर्षित छौं ।

‘तथ्य, सत्यको खोजीमा’ भन्ने मूल नारासँगै कुनैपनि राजनीनैतिक दल, सम्प्रदाय स्वार्थको प्रवाह नगरी भय वा पक्षपात बिना निस्पक्ष तवरले समाचार सम्पे्रषण गर्ने अठोटका साथ तान्डव सञ्चालनमा ल्याएका छौं । हालको परिप्रेक्ष्यमा स्वतन्त्र, साहसी र विश्वसनीय पत्रकारिताको आवश्यकता विगतको दिनमा भन्दा झन् टड्कारो बन्दै गइरहेको महसुस आम जनमानसलाई भएको छ । जनमानस माझ सहि सूचनाको हकलाई स्थापित गराउने उद्देश्यले हामी अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दछौं । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारको रुपमा अपनाउँदै निर्भय विचारको आदनप्रदान गर्ने माध्यमको रुपमा हामी अघि बढ्नेछौं । तान्डवले उत्सुकता, साहस र सहानुभूतिपूर्वक समाजलाई खोज मूलक समाचार प्रेषित गर्न अहोरात्र खटिनेछ ।

Batas

‘ताण्डव’ भनेको भगवान शिव र कालीद्धारा गरिने अलौकिक नृत्य हो । यस शब्दको धेरै अर्थ छ । स्वच्छन्द हस्तक्षेप र क्रोध शान्त पार्न भागवानले यो नृत्य गरेको धर्मशास्त्रमा उल्लेख गरिएको छ । ताण्डव न्यूजले समाजमा रहेको विकृती, विसंगती विरुद्ध क्रोध शान्त पार्न कलमको माध्यमले ताण्डव नृत्य गर्ने छ ।

हामीबाट सम्प्रेषित समाचार–विचारहरु स्वतन्त्र र निर्भिक रहनेछन् । शान्ती र समृद्धिको प्रतीकका रुपमा अब ‘तान्डव’को यात्रा अगाडि बढ्नेछ । हाम्रो यात्रालाई अनवरत रुपमा अगाडि बढाईरहन आम पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकहरुको सहयोग एवम् खबरदारी हुनेछ भन्ने आशा एवं विश्वास लिएका छौं । तपाईहरुको माया, सद्भाव, सहयोग, निगरानी र खबरदारीले नैे हामी ‘ताण्डव’को यात्रामा निरन्तर हिडिरहनेछौं ।

धन्यवाद !

सम्पादक
अर्जुन गिरी

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.