www.tandavnews.com
Fact ~ In search of truth

शैक्षिक मेलाले विद्यार्थीको करियर निर्माण गर्छ

पोखरा,
ताण्डव न्यूज ।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेसनलले पोखरामा यही भदौ १५ गते बृहत अष्ट्रेलियन  शैक्षिक मेलाको आयोजना गरेको छ । मेला भदौ १३ गते बुटवल, १४ गते चितवन र १७ गते काठमाडौंमा हुँदैछ । यहाँ हुने मेला पोखरा ग्रान्डमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । २००६ मा स्थापना भई काठमाडौं, चितवन, नेपालगञ्ज, पोखरा, बुटवलबाट सेवा प्रदान गरेको छ भने अष्ट्रेलियाको सिड्नी र मेल्बर्नमा समेत शाखा रहेको छ । पोखरामा हुने मेलाको सन्दर्भमा ग्रेस इन्टरनेसनल पोखरा शाखाका सिइओ विजय श्रेष्ठसँग ताण्डव न्यूजले गरेको कुराकानीको सार ः

शैक्षिक मेलाको तयारी कसरी हुँदैछ ?

Batas

विभिन्न पत्रपत्रिकादेखि लिएर फेसबुक सामाजिक सञ्जालहरु जानकारी दिएका छांै । त्यो लगायत यहाँ आबद्ध भएका शिक्षकहरु पोखराका कुनै न कुनै कलेजमा आवद्ध हुनुहुन्छ । पोखराको चर्चित ठाउँमा बोर्डहरु राखेर प्रर्दशनको तयारी गर्दैछौं ।

शैक्षिक मेला आयोजना गर्नु उद्धेश्य के हो ?

कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेसनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताद्धारा करियर काउन्सेलिङ सँगै एब्रोड स्टडिका विविधि विषयमा परामर्श दिनको लागि मेला आयोजना गरिएको हो । अष्ट्रेलियामा रहेका कलेजको, कोर्ष र फिको बारेमा जानकारी पनि मेलाले दिने गर्छ ।

अन्य शैक्षिक मेला भन्दा यो मेला के फरक छ ?

अन्य शैक्षिक संस्थाले गर्ने भन्दा बृहत र फरक हुनेछनै । हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र होइन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा हुनेछ । यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउँदै, पेपरको प्रयोगमा कमि ल्याउने छ साथै विद्यार्थीलाई एब्रोड स्टडीका विषयमा प्रस्ट रुपमा बुझाउन डिजिटल प्रविधिको प्रयोग, शैक्षिक छात्रवृत्ति, मेला स्थल मै भर्ना, नेतृत्व विकास सम्बन्धी कार्यशाला मेलाकोे विशेष आकर्षणको रुपमा रहनेछ । विद्यार्थीले कलेजमा के पढ्छन् त्यो मात्र नभइकन भविष्यमा नेपालमै आएर पनि के गर्न सक्छ भन्ने पनि परामर्श दिने गर्छौं ।

कति विद्यार्थीको अपेक्षा गर्नुभएको छ ?

हामीले तयारी गरे अनुसार १ हजार भन्दा बढी नै छ । यसमा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ ।

मेलामा अष्ट्रेलिया विश्वविद्यालयका प्रतिनिधिको भूमिका कस्तो रहनेछ ?

उहाँहरुले आफ्नो कलेजको बारेमा जानकारी दिनुहुनेछ । करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श दिनुहुनेछ । २० वटा कलेजबाट ३०–३५ जनाले परामर्श दिनुहुनेछ । यसको अलावा विद्यार्थीलाई अष्ट्रेलियाको भिजा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमा पनि विशेष जानकार गराइनेछ ।

अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई तपाईले के सुझाव दिनुहुन्छ ?

विदेशमा पढ्न जाने इच्छा छ भने यसको राम्रो गन्तव्य अहिले अष्ट्रेलिया नै छ । किनकी त्यहाँको फि अन्य देशको भन्दा कम छ । पढाई सकेपछि पिएसडब्लु पढाइ सम्बन्धी काम गर्न पाउँछन् । विद्यार्थीले अष्ट्रेलिया पढ्न जाने को ही काम गर्न, यसको बारेमा बु्झन पर्छ । हामीले काम गर्न भन्दा पनि विद्यार्थीलाई पढ्न पढाउने हो । आफ्नो खर्च जुटाउनको लागि अष्ट्रेलियाको सरकारले प्रति हप्ता २० घण्टा काम गर्न दिने पनि गर्छ । पहिला पढ्नुपर्छ । शिक्षा हासिल गरेपछि नेपाल आएर यहाँको अर्थतन्त्र विकास गर्न सक्छन् । उतै सेटल भएपनि राम्रो हुन्छ भने नेपाल आए पनि उनीहरुको भविष्य उज्वल छ । हामीले शैक्षिक वातावरणको लागि मात्र परामर्श दिने हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.