www.tandavnews.com
Fact ~ In search of truth

द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर पाेखरामा हुँदै

पोखरा,

उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिको आयोजनामा ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ हुने भएको छ ।

पोखरा स्थित “दि भिलेज रेष्टुरण्ड” चिप्लेढुङ्गामा चैत्र ३ गते शनिबार हुने फेयरमा अष्ट्रेलियाका १२ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीका अनुसार फेयरमा सहभागि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि उपस्थित हुनेछन् ।

Batas

विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने भएकाले फेयर महत्वपूर्ण हुने भण्डारी बताउँछन् ।

फेयरमा नेपाली विद्यार्थीहरुको प्रमुख गन्तब्य बनिरहेका साथै अष्ट्रेलियाका अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी लगायतका कलेज तथा युनिभर्सिटीको उपस्थिती रहनेछन् ।

फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि प्रिभिलेज कार्डको ब्यवस्था गरिएको र उक्त कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस अध्ययन तथा प्रोसेसिङ्ग लगायतका सेवा सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् ।

उपस्थित विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरिएका कारण हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्त गर्ने सुनिश्चितता गरिएको नेक्स्टको भनाई छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.