www.tandavnews.com
Fact ~ In search of truth

‘हाम्रो ग्राहक नै ब्रान्ड एम्बेस्डर हुन्’

पोखरा
ताण्डव न्यूज ।

इलेट्रिक स्कुटर ‘न्यु’ले नेपाली बजारमा छोटो समयमा निकै राम्रो छाप बनाएको छ ।

सबै बर्गको लागि अति उपयोगी मानिएको यो स्कुटरले ग्राहकको मन जित्न सफल भएको नेपालको आधिकारिक बिक्रेता इको इन्फिनिटीका मार्केटिङ एण्ड कम्युनिकेशन मेनेजर माज असरफ बताउँछन् । ‘छोटो समयमा ग्राहकको मन जित्न सफल भयो,’ उनले भने, ‘एक वर्षमा १ सय ५० वटा बिक्री भए ।’

Batas

सुरुवाती समयमा ग्राहकले पत्ताउनै गाह्रो भएको अनुभव उनले सुनाए । ‘सुरुवाती समयमा इलेट्रिक स्कुटर भन्ने वित्तिकै ग्राहकलाई कन्भेन्स गर्न निकै गाह्रो भयो,’ उनले भने, ‘अहिले त्यही ग्राहकनै हाम्रो ब्राण्ड एम्वेस्टर बनेका छन् । अहिले कसैले यो स्कुटर देखेर यसको बारेमा सोधे भने ग्राहक आफैले स्कुटरको बारेमा जानकारी मात्र होइन टेस्ट ड्राइभ समेत गर्न दिन्छन् ।’

इलेट्रिक स्कुटरको साख जोगाउने काम इलेट्रिक स्कुटर ‘न्यु’ ले गरेको उनको भनाई थियो । ‘विगतमा इलेट्रिक स्कुटर भन्ने वित्तिकै त्यति राम्रो छाप थिइएन्,’ उनले भने, ‘अहिले इलेक्ट्रिक स्कुटर ‘न्यु’ आएपछि ग्राहक माझ छुट्टै पहिचान बनाउन सफल भएको छ ।’

बजारमा चल्तीका पेट्रोल स्कुटरसँग प्रतिस्पर्धा गर्न सक्ने चाइनिज ब्राण्डको इलेट्रिक स्कुटर ‘न्यु’ पोखराको बजारमा पनि ल्याइएको इलेक्ट्रो हवका निर्देशक शिव मल्ल बताउँछन् ।

ग्राहकको आवश्यकतालाई आत्मसाथ गर्दै वातावरण अनुकुल स्कुटर पोखरामा ल्याउन पाउदा निर्देशक मल्लले खुशी व्यक्त गरे । ‘व्यवसाय मार्फत पनि सामाजिक उत्तरदायित्व वहन गर्न सकिन्छ भनेर इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको छौ,’ उनले भने, ‘समयको माग अनुसार ग्राहकको मन जित्ने छौ ।’

युवा पुस्ताले वातावरण मैत्री सवारी बिक्रीको जिम्मा लिएर व्यवसाय मात्रै नभई वातावरण संरक्षणका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

नम्बर प्लेट पाउने नेपालको पहिलो इलेक्ट्रिक स्कुटर न्यु को प्रयोगले पेट्रोलका लागि खर्च हुने बार्षिक ५० हजार रुपैयाँ सम्म बचाउन सकिन्छ । ६ घण्टा सम्म फुल चार्ज गरे पछि ८० किलोमिटर गुडन सकिने यो स्कुटर प्रति घण्टा ४५ किलोमिटरको रफ्तारमा कुद्न सक्छ ।

युवा पुस्ता लक्षित न्यु स्कुटरको लुक्स पेट्रोल स्कुटर भन्दा आकर्षक रहेको छ । संसारमै सर्वाधिक विक्री हुने न्यु इलेक्ट्रि स्कुटर सन् २०१५ मा रिलिज भएको हो । यो स्कुटर अहिले सम्म २८ वटा देशहरुमा विक्री हुन्छ ।

काठमाडौंमा १ बर्ष अघि देखि यसको बिक्री सुरु भएतापनि पोखरामा भने भर्खरै यसको बिक्री भएको हो । २०७२ सालमा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी पछि भएको पेट्रोलको अभावका कारण इलेक्ट्रिक स्कुटरको माग बढेपनि कम गुणस्तरका स्कुटरका कारण बजार खस्किएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.