www.tandavnews.com
Fact ~ In search of truth

इलेक्ट्रिक स्कुटर ‘न्यु’ को पोखरामा बिक्री शुरु

पोखरा ।

बजारमा चल्तीका पेट्रोल स्कुटर संग प्रतिस्पर्धा गर्न सक्ने चाइनिज ब्राण्डको इलेट्रिक स्कुटर ‘न्यु’ बजारमा आएको छ ।

Batas

पोखराको सभागृहमा रहेको इलेक्ट्रो हवले यस क्षेत्रका लागि बिक्री वितरणको जिम्मा लिएको छ । बिक्रीको औपचारिक शुभारम्भ गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समयको माग अनुसार चल्नुपर्ने बताउदै पेट्रोलका कारण बाहिरिने रकम बचत गर्न पनि इलेक्ट्रिक सवारी उत्तम रहेको बताए । उनले यस्ता सवारीका लागि आवश्यक चार्जिङ स्टेशनहरु छिट्टै बनाइने जानकारी दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सवारीका कारण बढ्दो प्रदुषणका कारण वातावरणमा प्रतिकुल असर परिरहेको बताए । उनले वातावरण प्रदुषण नहुने सवारी नै आजको आवश्यकता हो भने । युवा पुस्ताले वातावरण मैत्री सवारी बिक्रीको जिम्मा लिएर व्यवसाय मात्रै नभई वातावरण संरक्षणका लागि खेलेको भुमिकाको प्रशंसा गरे ।

इलेक्ट्रो हवका निर्देशक शिव मल्लले व्यवसाय मार्फत पनि सामाजिक उत्तरदायित्व वहन गर्न सकिन्छ भनेर इलेक्ट्रिक स्कुटरको बिक्री शुरु गरेको बताए । कार्यक्रममा पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियसनका अध्यक्ष चन्द्र कुँवर, पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रबिन्द्रबहादुर प्रजु लगायतले बोलेका थिए । इलेक्ट्रो हबका प्रबन्ध निर्देशक सुयस मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्जय मल्लले गरेका थिए ।

नेपालको आधिकारिक बिक्रेता इको इन्फिनिटीका प्रगुण राजभण्डारीले स्कुटरको बारेमा जानकारी सहितको प्रस्तुती राखेका थिए । नम्बर प्लेट पाउने नेपालको पहिलो इलेक्ट्रिक स्कुटर न्यु को प्रयोगले पेट्रोलका लागि खर्च हुने बार्षिक रु ५० हजार सम्म बचाउन सकिन्छ ।

६ घण्टा सम्म फुल चार्ज गरे पछि ८० किलोमिटर गुडन सकिने यो स्कुटर प्रति घण्टा ४५ किलोमिटरको रफ्तारमा कुद्न सक्छ । युवा पुस्ता लक्षित न्यु स्कुटरको लुक्स पेट्रोल स्कुटर भन्दा आकर्षक रहेको छ ।

संसारमै सर्वाधिक विक्री हुने न्यु इलेक्ट्रि स्कुटर सन् २०१५ मा रिलिज भएको । यो स्कुटर अहिले सम्म २८ वटा देशहरुमा विक्री हुन्छ ।

काठमाण्डौमा १ बर्ष अघि देखि यसको बिक्री शुरु भएतापनि पोखरामा भने भर्खरै यसको बिक्री शुरु भएको हो ।

२०७२ सालमा भारतले नेपाल माथी लगाएको अघोषित नाकाबन्दी पछि भएको पेट्रोलको अभावका कारण इलेक्ट्रिक स्कुटरको माग बढेपनि कम गुणस्तरका स्कुटरका कारण बजार खस्किएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.