www.tandavnews.com
Fact ~ In search of truth

ज्योती लाइफ इन्स्योरेन्सका रिजनल मेनेजर गौतमको नक्कली सर्टिफिकेट

पोखरा
अर्जुन गिरी/ताण्डव

ज्योती लाइफ इन्स्योरेन्सका रिजनल मेनेजर सन्तोष गौतमको सर्टिफिकेट नक्कली भएको प्रमाणित भएको छ ।

यस अघि प्राइम लाइफ इन्स्योरेन्समा मेनेजरको जिम्मेवारी सम्हालिसकेका गौतम त्यहाँबाट छाडेर ज्योतीमा आएपछि नक्कली सर्टिफिकेट पेस गरेको भन्ने खुलासा भएको हो ।

Batas

गौतमको नक्कली सर्टिफिकेट भएको भन्ने खबर पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए ।

‘हामीले पक्राउ गरेका थियौ,’ उनले भने, ‘हिजो जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका छन् ।’ घटनाबारे थप अनुसन्धान पनि भई रहेको उनले जनाए ।

३३ वर्षीय गौतमले (विएससी ब्याचलर) लेभलको सर्टिफिकेट नक्कली बनाएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि कास्की प्रहरीले उनलाई वैशाख २६ गते पक्राउ गरेको थियो ।

त्यसपछि कास्की प्रहरीले प्रमाण जुटाउँदा उनले ल्याएको पृथ्वीनारायण क्याम्पस (पिएनसी) को सर्टिफिकेट नक्कली रहेको प्रमाणित भयो ।

पिएनसीले रजिष्टेशन नम्बर नमिलेको भनेपछि नक्कली रहेको प्रमाणित भएको प्रहरी स्रोतले जनाएको छ । उनी विरुद्ध सरकारी छापा दस्तखत किर्ते मुद्दा चलाइएको छ ।

जिल्ला अदालत कास्कीबाट गौतम हिजो १० हजार धरौटीमा छुटेका हुन् । कास्की प्रहरीकहाँ कसले उजुरी दियो भन्ने खुल्न सकेको छैन् ।

स्रोतका अनुसार मेनेजर गौमतको सर्टिफिकेटको फोटो कपि पहिला कास्की प्रहरीकहाँ पुगेको थियो ।

त्यसपछि सोही आधारमा कास्की प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धान टोलीले पिएनसीमा गई सर्टिफिकेट बारे बुझ्दा नक्कली भेटियो ।

त्यस पछि उनले त्रिभूवन विश्वविद्यालय काठमाडौबाट ल्याएको ट्रान्सकिप्ट पनि नक्कली प्रमाणित भएको हो ।

इन्स्योरेन्स स्रोतका अनुसार गौतमकोबारे सबै थाहा भएको व्यक्तिलेनै प्रहरीकहाँ उजुरी दिएको हो ।

गौतम जस्तै अन्य केही इन्स्योरेन्स कार्यालयमा नक्कली सर्टिफिकेटधारी कर्मचारीहरु धेरै रहेको स्रोतले बतायो ।

‘अब एक पछि अर्को गर्दै तानिने छन्,’ उनले भने, ‘केही इन्स्योरेन्सले आफ्नो कामदारको सर्टिफिकेट नक्कली हो भन्ने थाहा हुँदा पनि आफ्नो स्वार्थको लागि मौन बसेका छन् ।’

यस अघि गौतमले प्राइम लाइफ इन्स्योरेन्समा निकै राम्रो काम गरेका थिए । त्यसपछि उनी ज्योती लाइफ इन्स्योरेन्समा आएका हुन् ।

बाँके जिल्ला नयाँ गाउँ घर भएका गौतम पोखरा–१७ विरौटामा बस्दै आएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.