www.tandavnews.com
Fact ~ In search of truth

फेक फेसबुक आईडी बनाई पैसा असुल्ने गिरोह पक्राउ

पोखरा,

ताण्डव न्यूज

फेक फेसबुक आइडी बनाइ पैसा असुल्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्कीबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले पैसा असुल्ने १९ वर्षीय सुयोग कार्कीलाई बैंकबाट पैसा निकाल्दै गरेको अवस्थामा जेठ १४ गते पक्राउ गरेकाे हो ।

Batas

पक्राउ कार्कीको बयान अनुसार उनीसँगै संलग्न १६ वर्षीय सुहन चन्द (अजित बिक्रम), र १९ वर्षीय रोशन हमाल ठकुरीलाई समेत पक्राउ गरिएको कास्की प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

काठमाडौं टोखा बस्ने ३७ वर्षीय बिना गुरुङको फेक फेसबुक आइडी बनाई उनकै आफन्तलाई सुयोग कार्कीले फ्रेड रिक्वस्ट पठाए । आफन्तलाई समस्या परेको वहाना गरी आर्थिक सहयोग मागे ।

बिनाको आफन्तले पैसा पठाएपछि उनलाई फोन गरेर के भएको वास्तविकता बुझ्न खोजे । अनि बल्ल बिनालाई थाहा भयो कि आफ्नो फेसबुक कसैले फेक बनाएर चलाएको छ । उनले प्रहरी कार्यालय अपराध महाशाखा टेकु पुगी निवेदन दिइन् ।

गिरोहले पुन विना गुरुङका आफन्तलाई आफू पोखरामा अलपत्र परेको र माछापुच्छे बैकको सुयोग कार्कीको खातामा पैसा पठाई सहयोग गरीदिनु हुन भनि अनुरोध गर्यो ।

सुयोग कार्कीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध महाशाखा टेकुले जिल्ला प्रहरी कार्यालय कास्कीमा समन्यव भयो ।

सोही अनुसार माछापुच्छ्रे बैंक न्यूरोडको शाखामा पैसा निकाल्दै गर्दा कार्कीलाई पक्राउ गर्न सजिलाे भएकाे उपरिक्षक खत्रीले बताए । पक्राउ गिरोहीलाई सार्वजानिक अपराधमा म्याद थप गरिएको उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.