www.tandavnews.com
Fact ~ In search of truth

फलेवासको शैक्षिक विकासबारे केयूका प्रोफेसरसँग छलफल

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वतको फलेवास नगरपालिकाको शैक्षिक विकासको लागि नगरभित्रका शिक्षा सम्बद्ध व्यक्ति र काठमाण्डौ विश्वविद्यालयका प्राध्यापकहरुबीच छलफल भएको छ ।

नगरपालिका भित्रको शैक्षिक सुधार तथा गुणस्तर अभिबृद्धिको लागि काठमाण्डौंबाट प्रोफेसरहरु बोलाएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नगरपालिका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

Batas

फलेवास नगर कार्यपालिकाको आयोजना तथा काठमाण्डौ विश्वविद्यालयको साझेदारीमा भएको कार्यक्रममा नगर भित्रको शैक्षिक क्षेत्रको अवस्था, आवश्यकता तथा विद्यालयको गुणस्तर बृद्धिबारे छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिका भित्रका ११ वडामा रहेका १४ वटा मध्यमिक विद्यालयका प्रधानाध्यापक, क्याम्पस प्रमुख तथा संचालक समिति अध्यक्षहरु, विद्यार्थी, वडाअध्यक्ष, व्यावस्थापन समितिका अध्यक्ष र श्रोत व्यक्तिहरुको सहभागिता थियो ।

अन्तरक्रियामा काठमाण्डौं विश्वविद्यालयका प्राध्यापकहरु डा. बालनन्द लुर्इँटेल, डा. लक्ष्मण ज्ञवाली र डा. धनपति पौडेलले शिक्षाको बिबिध पक्षको विकासको लागि शिक्षक, समुदाय र स्थानीय तहले गर्न सक्ने काम र भूमिकाका बारेमा जानकारी गराए ।

कार्यक्रममा बिचार राख्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शैक्षिक सुधारको लागि विभिन्न १७ बुँदे घोषणापत्र जारी गरि नगरपालिका शैक्षिक सुधारको अभियानमा लागेको जानकारी गराए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.