www.tandavnews.com
Fact ~ In search of truth

जाडोमा न्यानो फेसन

उमा बिक
पोखरा, ताण्डव न्यूज । 

प्राय टिनेजर युवतीलाई जाडो भन्दा गर्मी मौसम औधी मनपर्छ  । कारण, छोटो र ओपन ड्रेस ।

सिमलचौरकी सरिता कार्कीलाई भने जाडो मौसमले फेसनेवल देखिनबाट आफूलाई नरोक्ने बताउँछिन् । ‘फेसन गर्न जाने जाडो मौसमले रोक्दैन, जाडोमा पनि उत्तिकै फेसनेवल देख्न सकिन्छ,जाडोमा डिजाइनेवल कोट, मफ्लर, बुट बजारमा प्रशस्तै आउँछ, मिलाएर लाउने हो भने जाडोमा झन् फेसनेवल देखिन सकिन्छ ’,उनी भन्छिन्, ‘जाडो मौसममा लङ कोट, जिन्स प्यान्ट, अनि बुट लगाएर हिड्दा आफैलाई स्मार्ट लाग्छ ।’ जाडोमा अलिक बढी नै लुगा लगाउनुपर्दा असहज हुने उनको पनि तर्क छ ।

Batas

भनिन्छ मानिसको व्यक्तित्व उसले लगाएको जुत्ता,चप्पलबाट झल्किन्छ । सरिता पनि आफू जाडोमा होस या गर्मी मौसममा जुत्ता,चप्पल ब्रान्डेड रोज्ने र यसैमा बढी खर्च गर्ने बताउँछिन् ।

छोटो, शरीरका अंग देखाउने ओपन ड्रेस लगाउँदा मात्रै फेसनेबल देखिन्छ भन्ने होइन । गेटअप गर्न जाने जाडो महिनामा पनि फेसनेबल देखिन सकिने कासु वार्ट वान्ड्रवकि सञ्चालिका सुनु गुरुङ बताउँछिन् ।

पोखरा चिप्लेढुंगा स्थित टे«डमलमा विगत ३ वर्षदेखि कासुवार्ट वान्ड्रव बुटिक सञ्चालन गर्दै आएकी डिजाइनर सुनु फेसनको नाममा जाडो मौसममा छोटा र शरीरलाई असर पुग्ने खालको कपडा लगाउन नहुने सुझाउँछिन् । उनी भन्छिन्, ‘ केही यस्तो युवापुस्ता देखेको छु ,फेसन गर्ने बहानामा चिसोले काम्दैँ हिड्ने गर्छन् ।’

फेसन आफूलाई कम्र्फटेबल हुने ड्रेस अप गर्नु रहेको हुँदा जाडोमा आफूलाई सजिलो हुने न्यानो हुने कपडाको प्रयोग गर्ने उनी बताउँछिन् ।

‘यो विवाहको सिजन हो । हामीले विशेषगरी विवाहका लागि डे«स डिजाइजन गर्छाँै तर जाडो मौसमलाई मध्यजनर गर्दै ब्लेजर,प्रिन्टेड पस्मिना लगायतका कोट र उलनका बाक्लो तर लगाउन सजिलो हुने खालको टप्स बनाइरहेको छौ’, सुनुले भनिन् । उनले ३५ सय देखि २० हजार सम्मको लागत पर्ने ड्रेस बनाउने गरेको सुनाइन् ।

यहाँ जाडो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्ने गरेको देखिन्छ । विशेष गरी पसलहरुमा युवा पुस्ताको जमात बढी देखिन्छ । जाडो मौसममा युवापुस्ताको रोजाइमा बुट,कोट र मफ्लर पर्ने गरेको व्यवसायी बताउँछन् । पछिल्लो समय जाडोको लागि युवतीको पहिलो रोजाइमा बुट पर्ने गरेको छ । युवतीका लागि आएको बुट न्युनतम् १७ सय देखि २०,२५ हजारसम्म पर्ने गरेको मिरर द फेसनेवल वयर की सञ्चालिका जयन्ती मोक्तानले बताइन् ।

विगत एक वर्षदेखि पसल सञ्चालन गर्दै आएकी जयन्तीले अन्तर्राष्ट्रिय स्तरको ब्राण्डका बुट र ड्रेस आफ्नो पसलमा राख्ने गरेको बताइन् । ‘मेरो पसलमा मुख्यतः बङ्गलादेश र कम्बोडियाबाट सामान आउँछ ,बाँकी चाइनाबाट नै हो सामान हाल्ने’, जयन्तीले भनिन् ।

जयन्तीको अनुसार उनको पसलमा ३ हजारदेखि १० हजार सम्मको बुट छ । ओरिजिनल लेदरको बुटलाई २५ हजार देखि ३० हजार रुपैयाँसम्म पर्ने गर्छ ।

‘सामानको क्वालिटी चिन्ने ,फेसनमा खप्पिस कस्टमरले महङ्गो बुट,कोट पनि अरु भन्दा फेसनेवल देखिनका लागि ग्राहकले नहिच्किचाई पैसा तिर्ने गरेको अनुभव उनले सुनाइन् । यो वर्ष चिसो बढे सगैँ आफ्नो पसलबाट बुट बढी बिक्री भएको जयन्तीले बताइन् । ‘अहिले ट्रेन्डनै लङ बुटको भएर होला लङबुट खोज्ने युवतीहरु धेरँै आउँछन्,’ उनले भनिन् ।

जाडोमा यसरी देखिन सकिन्छ फेसनेबल

–जाडोमा सर्वप्रथम शरीरलाई न्यानो हुने कपडाको लगाउनुपर्छ ,तर न्यानोको बहानामा एउटै धेरै बाक्लो भद्दा देखिने कपडाको प्रयोग गर्नु भन्दा धेरै लेयरको कपडा लाउनु राम्रो हुन्छ । यसले शरीरलाई आकर्षित देखाउँछ ,मोटो देखाउँदैँन।

–आइकनिक देखिनको लागि आफूलाई सुहाँउदो कोट,बुट,स्कार्फको म्याचअप गरि डे«स लगाउने ,यसले चिसो बाट बच्न साथमा स्टायलिष्ट पनि देखाउँछ ।

–युवतीका लागि ओभरकोट सुहाँउदो पहिरन हो, फेसनेवल देखिनको लागि ओभरकोटमा मिड बेल्टको प्रयोग गर्न सकिन्छ ।

–मोटो व्यक्तिले शरीरलाई अझ मोटो देखिने कपडाको प्रयोग गर्नुहुदैन । न्यानो हुने भन्दै ओभरसाइजको कपडा लगाएको पाइन्छ यसले शरीरलाई भद्दा देखाउँछ ,त्यसैले आफ्नै साइजको कपडा लगाउने ।

–फर भुवावाल कपडा लगाउने यसले न्यानो हुनुको साथै अट्रयाक्टिभ देखाउँछ ।

–कपडा डिम कलर,सिङगल कलरको प्रयोग गर्ने यसले सुन्दर देखाउन मद्दत गर्छ । प्यान्ट ,कोट,स्विटर,हाइनेक एउटै कलरका छन भने डिफ्रेन्ट कलरको स्कार्फ लगाउने यसले सुनमा सगन्ध थप्छ ।

–टट्रोलनेक ,हाइनेक मिलाएर लगाउँदा पनि लेडिजलाई सुन्दर देखिन्छन् । जाडोमा कटन भन्दा बुनेको कपडा लगाउँदा पनि न्यानो र राम्रो देखिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.