www.tandavnews.com
Fact ~ In search of truth

रेडियो दिदीबहिनीको दशौं महिला महोत्सव फागुन १६ देखि

पोखरा
ताण्डव संवाददाता ।

सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आठौं वार्षिकोत्सवको अवसरमा बृहत दशौं महिला महोत्सवको आयोजना गर्ने भएको छ ।

कला र संस्कृतिको संरक्षण र घरेलु वस्तुको प्रवद्र्धन गर्दै फागुन १६ गतदेखि २६ गतेसम्म पर्वत कुस्माको बान्द्रेबिडीचौरमा हुने रेडियो अध्यक्ष कल्पना चापागाईँले जानकारी दिइन् ।

Batas

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर नाच्ने गाउँनेमा मात्र सीमित नराखी महिलाहरुको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न प्रतिस्पर्धा मार्फत चेतना अभिवृद्धि गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताइन् ।

यो पटकको महोत्सवमा राष्ट्रिय महिला भलिबल पनि आयोजना गरिएको उनले सुनाइन् । ‘रत्यौली, भजन, विद्यालय स्तरीय सामुहिक नृत्य तथा बक्तृत्वकला, उत्कृष्ट ¥याली प्रतियोगिता महोत्सवमा समावेश गरिनेछ,’ उनले भनिन, ‘स्वास्थ्य शिविर र विभिन्न राष्ट्रियस्तरका लोक गायकगायिकको साँगीतिक, हाँस्यव्यंग्य प्रस्तुति, जनचेतनामूलक कार्यक्रम, जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपांगलाई सम्मान गरिनेछ ।’

महोत्सवमा पशु प्रदर्शनी, कृषि प्रदर्शनी, साथै देशभरका रेडियोका महिला स्टेशन म्यानेजरलाई सम्मान गर्ने कार्यक्रम गरिएको चापागाईँले जानकारी दिइन् । महोत्सवमा समावेश गरिने राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ पाउनेछन् ।

महोत्सवमा ¥याली तथा झाँकीलाई १८ हजार, १२ हजार र ८ हजार रुपैयाँ पाउनेछन् ।

रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई १५ हजार, ८ हजार र ५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै बक्तृत्वकला र शैक्षिक प्रदर्शनीमा विजेताले ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पाउने चापागाईले जानकारी दिइन् ।

महोत्सवमा आकर्षण टपरी गाँस्ने प्रतियोगितासाथै खसी, बोका, बाख्रा र कुखुरा तथा कृषिप्रदर्शनीको लागि आकर्षण पुरस्कारको व्यवस्था गरिएको उनले सुनाइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.