www.tandavnews.com
Fact ~ In search of truth

फेवा महोत्सवको तयारी पूरा

पोखरा

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव बुधबारबाट सुरु हुँदै छ ।

फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म चल्ने छ ।

Batas

महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले मंगलबार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सव एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने सो अवसरमा तुलाचनले जानकारी दिए । विहान ११ बजेदेखि राति १० वजेसम्म महोत्सव चल्ने छ । तर ३० गते राति भने १ बजेसम्म संचालन हुने जनाइएको छ ।

दिउँसोका कार्यक्रमको टिकट ५० रुपैयाँ र राति प्रवेशका लागि एक सय ५० रुपैयाँ कायम गरिएको छ । दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य महोत्सवले लिएको छ । महोत्सव अघि स्थानीय हल्लनचोकबाट सांस्कृतिक झाँकी सुरु भई कोमागाने पार्कमा पुगी उद्घाटन कार्यक्रममा सरिक हुने छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने छन् । महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी कूल ४० स्टल रहने छन् । महोत्सवका पाहुनालाई छुटसहितका प्याकेज यसअघि नै सार्वजनिक गरिएको थियो । नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण पनि महोत्सवले समेटेको छ ।

महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र सात लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ । वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा र आयोजक संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पत्रकार सम्मेलनमा भनाई राखेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.