www.tandavnews.com
Fact ~ In search of truth

अनलाइन सपिङमा फेवाबजारको नयाँ सुरुवात, मासिक किस्ता तिरेर सामान खरिद गर्न सकिने

पोखरा
ताण्डव न्यूज ।

डिजिटल नेपाल र स्मार्ट सिटीको अवधारणालाई आत्मसात् गर्दै अनलाइन सपिङ स्टोर फेवाबजार डट कमले ई–कमर्स सुरु गरेको छ । उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले सेवा सुरु गरिएको हो ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै फेवाबजारको सेवा,सामान, गुणस्तर लगायतका विषयमा सञ्चालकहरुले जानकारी गराए ।

Batas

फेवाबजार डटकमका प्रमुख प्रबन्धक हरि त्रिपाठीले केही अनलाइन सपिङ स्टोरहरुको खराब प्रवृत्तिका कारण उपभोक्ताहरु मारमा परेको बताए । तिनै कुराहरुलाई चिर्दै गुणस्तरको सन्दर्भमा कुनै सम्झौता नगरी फेवाबजारले अर्डर अनुसारका सामान ग्राहकमाझ पुर्याउने उनको भनाई थियो ।

शाखा प्रमुख हरि कुँवरले फेवाबजारमा उपलब्ध हुने सामानहरुबारे जानकारी दिए । उनले फेवाबजार मार्फत सामान खरिद गर्दा इलेक्ट्रोनिक्समा २५ % , कपडामा २०% , जुत्तामा २० % , मोबाइलमा ३० % र साहित्यीक किताबहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको सुनाए । हस्तकलाका सामाग्रीहरु पनि ग्राहकहरुले अर्डर गर्न सक्ने उनले जनाए ।

सोही अवसरमा फेवा बजार र मेगा बैंक बिच इएमआई सम्झौता भएको छ । शाखा प्रबन्धक हरि कुवँर र मेगा बैंक पोखराका ब्रान्च मेनेजर धर्मदत्त शर्मा बिच सम्झौता पत्र आदानप्रदान गरिएको थियो ।

सम्झौता पश्चात् बौल्दै ब्रान्च मेनेजर शर्माले गण्डकी प्रदेशकैलागि यो नौलो प्रयोग रहेको जनाए । शून्य ब्याजदरमा यस सेवा उपलब्ध गराइएको उनले सुनाए ।

इएमआई अर्थात मासिक किस्तामा सामान खरिदबारे कार्यकारी प्रबन्धक गोविन्द आचार्यले प्रष्ट्याए । ‘फेवाबजार सबै तहका ग्राहकका लागि होस् भनेर यो सेवा ल्याएका हौँ’ उनले भने ‘२० हजार माथीको सामान खरिदकालागि ग्राहकहरुले मेगा बैंक मार्फत किस्तामा तिर्न सक्नुहुनेछ ।’

फेवाबजारका कार्यकारी निर्देशक सुजन आचार्यले पोखरामा नै पहिलोपटक इएमआई सेवा सुचारु गरिएको जनाए ।

‘सामान खरिदकालागि घण्टौँ बजार चाहार्नुपर्ने बाध्यता अब रहँदैन । हाम्रो वेभसाइट फेवाबजार डटकम मार्फत यहाँहरुले सामान खरिद गर्न सक्नुहुनेछ । हामी सामाजिक संजाल मार्फत पनि अर्डर लिन्छौं’ उनले भने ।

सुरुवाती चरणमा गण्डकी प्रदेश र काठमाडौँ उपत्यकामासेवा सुचारु भैसकेको र स्थानहरु थप विस्तार गर्ने तयारी रहेको उनको भनाई थियो ।उनले फेवाबजारले मासिक रुपमा विशेष छुटको समेत व्यवस्था गरेको बताए ।

कार्यकारी निर्देशक सुजन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रबन्धक हरि त्रिपाठीले स्वागत मन्त्ब्य ब्यक्त गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.