www.tandavnews.com
Fact ~ In search of truth

फिर्के पुलमा दुर्घटना हुँदा सिए पहारीको मृत्यु

पोखरा
ताण्डव संवाददाता ।

पोखरा फिर्के पुलको बारमा मोटर साइकल ठोक्किदा पोखरा १ सिम्पानी निवासी २९ वर्षिय सिए ऋषिकेश पहारीको निधन भएको छ ।

मंगलबार राति करिब १०ः३० बजे तिर सिम्पानी जाँदै गर्दा ग ११ प ६१२३ नम्बरको पल्सर मोटरसाइकल पुलको बारमा ठोकिएको हो । पहारीको च्यापु र छातीमा गहिरो चोट लागेको थियो ।

Batas

दुर्घटना लगत्तै फिस्टेल अस्पताल पुर्याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।
पहारीसँगै सवार पोखरा २५ निवासी २८ वर्षिय विमल थापा घाइते भएका छन् ।

घाइतेको फिस्टेल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.