www.tandavnews.com
Fact ~ In search of truth

फिस्टेल एकेडेमीको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पोखरा ।

पोखरा १७, पार्दीस्थित फिस्टेल एकेडेमीमा शुक्रबार पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले गर्दै शिक्षणसँगै अतिरिक्त क्रियाकलापहरुले व्यक्तित्व र चारित्रिक विकासमा महत्वपूर्ण हुने भन्दै सबै विद्यार्थीहरुलाई विद्यालयले आयोजना गर्ने प्रतियोगिताहरुमा सहभागिता जनाउन आग्रह गरे ।

कार्यक्रममा ड्यामसाइड क्लबका अध्यक्ष पदम ढकाल, सह–प्राचार्य बुद्धिमोहन पौडेल, प्रशासक दुर्गाप्रसाद न्यौपाने, अंग्रेजी बिभाग प्रमुख टिकाराम पौडेल लगायतले शैक्षिक र अतिरिक्त क्रियाकलापहरुमा बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई अवार्डबाट पुरस्कृत समेत गरिएको थियो ।

Batas

विद्यालयका अध्यक्ष अन्जु रानाभाटको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायतका मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । र्काक्रमको बारेमा प्रावि संयोजक ममता केसीले जानकारी दिइन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.