www.tandavnews.com
Fact ~ In search of truth

शतप्रतिशत नतिजाको लागि हिमाल कलेज

हिमाल कलेज अफ म्यानेजमेन्टले ज्ञानको माध्यमबाट सशक्त बनाउँछ । दक्ष तथा जुझारु प्रतिस्पर्धात्मक टिम तथा अनुभवी शिक्षकहरुको कारणले शिक्षाको सशक्तिकरण सम्भव भएको हो । कलेजबाट उत्तिर्ण हुने तथा भएका विद्यार्थीबाट समाज परिवर्तनको आशा राखिएको छ । जहाँ उनीहरु सम्मान र सफलतापूर्वक जीवन व्यतित गर्न सक्नेछन् । शैक्षिक वातावरणबाट नेतृत्व लिने समाज सेवक, नेता, उद्योगी एवं व्यवसायी तथा दक्ष मेनेजर उत्पादन गर्ने उद्देश्यमा समर्पित रहेको छ ।

अध्ययनका लागि उचित वातावरण
वेलबहादुर थापा
अध्यक्ष

हिमाल कलेज अफ म्यानेजमेन्ट नयाँ प्रयोगको साथ सञ्चालनमा आएको कलेज हो । हामीले कलेज स्थापना गर्दा देखि नै विद्यार्थीको ज्ञान आर्जन गर्ने वातावरण तयार गर्नका लागि समग्र पूर्वाधार देखि नै गहिरो अध्ययन पश्चात्त संरचना निर्माण गरेका हौं । पुस्तकालय, खेल मैदान, कम्प्यूटर ल्याब, दक्ष जनशक्तिको सामरिक प्रयोग हिमाल कलेजको विशेषता हो । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी र उहाँका अभिभावकलाई म अध्यक्षको हैसियले कृपया हिमाल कलेज एकपटक भ्रमण गर्न अनुरोध गर्दछु।

Batas

वेस्ट टिचरहरु भएको कलेज
रेशम सापकोटा (क्याम्पस डिन)

प्राय कलेजहरुका विद्यार्थी कमजोर हुन्छन् । हामीले कमजोर भन्दा पनि कमजोर विद्यार्थीलाई कसरी सफल बनाउने भन्ने अनुरुप नै शिक्षण गर्छौं । शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोंचले नै एउटा कक्षामा ४० जना विद्यार्थी भन्दा बढी नराख्ने नीति छ । परीक्षामा सतप्रतिशत नजिता ल्याउने दाबी हाम्रोमा छ किनकी हाम्रोमा बेस्ट रिजल्ट दिन सक्ने शिक्षकहरु पनि छन् । यो वान अफ द वेस्ट टिचरहरुको टिम भएको कलेज भन्न रुचाउँछु । त्यसैले पनि गुणात्मक र शतप्रतिशत नजिताको लागि पनि हाम्रो कलेज रोज्नुपर्छ । हामी हाम्रा विद्यार्थी र अभिभावकको विश्वास पूरा गर्छौं । भदौ २५ गतेदेखि एडमिसन प्रक्रिया सुरु गर्नेछौं । यो पटक १ सय २० जना विद्यार्थी मात्र लिने तयारीमा छौं । असोजको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुनेछ । मध्यम वर्गीय अभिभावकलाई मध्यनजर गर्दै कलेज फि महंगो राखेका छैनौं । विशेष गरी जेहेन्दार र आर्थिक रुपमा पीडितलाई उनीहरुको मार्क अनुसार शतप्रतिशत र कम्तीमा ५० प्रतिशत भर्ना र ट्युसन फिमा छुट दिने व्यवस्था गरेका छौं । विद्यार्थीको भविष्य हेरेर उनीहरुले पढेपछि नकरात्मक कुराको फेस गर्न नपर्ने र पूर्ण रोजगारीको लागि सक्षम बनाउने उद्देश्य हाम्रो रहेको छ ।

मल्टिमिडियाबाट पढाइ हुनेछ
हरि कार्की (कार्यवाहक क्याम्पस प्रमुख)

कलेज वर्षबाट सञ्चालन हुँदैछ । अत्यान्त न्युनतम शुल्कमा गुणस्तर शिक्षा दिइनेछ । सम्पूर्ण पढ्न इच्छा गरेका विद्यार्थीले सक्ने क्षमता विकास गर्ने हो । हाम्रो उद्धेश्य भनको टियूको रिजल्ट छ जुन एकदमै खस्केको छ , त्यो रिजल्टलाई अपडेट गराउने र सय प्रतिशत रिजल्ट दिने हो । करिकुलमा राम्रो भएपनि सिद्धान्त भन्दा पनि व्यवहारिक रुपमा अगाडि लैजाने सोंच हो । विद्यार्थीको भर्ना हुने क्रम राम्रो छ । फर्म बढी आएकोले छनोट प्रक्रिया पनि छ । कलेज छुट्टै हुनेछ, मल्टिमिडियाबाट पढाइ हुनेछ । अहिलेसम्म पोखरामा शैक्षिक संस्थाले दिन नसकेको कुरा हामी दिनेछांै ।

विद्यार्थीको भविष्य उज्वल बनाउने उद्देश्य
जनक पौडेल (पब्लिकेसन एण्ड मिडिया कोर्डिनेटर)

गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अहिले पोखरामा विविएसको प्रयोगात्मक शिक्षा छैन् । त्यसको लागि विद्यार्थीको भविष्य प्रति चिन्तित भएर उनीहरुको भविष्य उज्वल बनाउन सकिन्छ कि भन्ने उद्देश्यका साथ कलेज स्थापना गर्न लागेको हो । यसको निश्चित उद्देश्य पनि छन्, जस्तो कि, प्रयोगात्मक, बैज्ञानिक शिक्षा बारे सोचिराखेका छौं । बिबिएसमा ८०÷९० जना विद्यार्थीलाई एउटै क्लासमा राखेर तिनिहरुले के सिक्छन ? कम्तीमा ४० जनाभन्दा बढी राख्नुहुँदैन भन्ने हाम्रो उद्देश्य हो । विद्यार्थीहरुलाई फिल्ड भिजिट गराउने, प्रविधिसँग जानकार गराउने खालको शिक्षा प्रदान गर्ने तयारीमा हौ ।

योग्य म्यानेजरको उत्पादन
मनिप्रसाद डुम्रे (इन्चार्ज)

यहाँका विभिन्न कलेजमा पढाएका शिक्षकको समूहले स्थापना गरेको कलेज हो । कलेजको मुख्य स्लोगन भनेको ‘युथ प्रमिस योर प्रोग्रेस’ हो । यसैमा आधारित गरेर अगाडी बढ्छौं । हाम्रो उद्धेश्य भनेको विद्यार्थीको मार्क बढी ल्याउनु त छदै छ त्यो सँगै अहिलेका युवा विद्यार्थीलाई स्पोर्टस फोकस गछौं । एकोहोरो पढाई छ यहाँका कलेजहरुमा अब नमुना कलेजको स्थापना गर्दैछौं । फिल्ड भिजिट गराएर आधुनिक संसारमा म्यानेजमेन्ट पढेकाले कसरी चुनौतिको सामाना गर्न सक्छन भन्ने कुरा र आफूलाई एउटा योग्य म्यानेजर बनाउने सक्ने विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।

ब्रान्डको रुपमा स्थापित गर्ने सोंच
सुदनकुमार मुल्मी (एमडी)

नयाँ ढंगले सुरु गर्ने सोंचको साथमा आएका छौं । विविएको कलेज प्राइभेट धेरै छ । तर बिबिएसको कलेज निकै कम छ । बिबिएस मात्र पढनपाठन गर्ने कलेजको रुपमा हामीले ब्रान्डको रुपमा स्थापित गर्ने सोच बनाएका छौं । यो निकै युवा टिम हो । जसरी विविएमा पढाइन्छ त्यसरी नै विविएसमा पनि किन अध्यापन गर्न सकिदैन भनेर फोर्थ एयरमा इन्टन्सिप गराउने, मल्टिमिडियाबाट प्रोजेक्टरको माध्यमबाट काम गर्ने, पढिरहेको ज्ञानलाई व्यवहारमा उतार्नको लागि जोड दिन लागेका हौं ।

दक्ष जनशक्ति उत्पादन गर्छौ 
रमेश बहादुर खड्का
प्रोग्राम हेड

मोफसलमा रहेर पनि गुणस्तरीय शिक्षा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । जस्तोसुकै ज्ञान आर्जन गर्नकै लागि पोखरा छोडेर जानुपर्ने बाध्यताको अन्त्य गर्न हिमाल कलेज अफ म्यानेजमेन्ट तत्पर रहनेछ । मात्र सैद्धान्तिक ज्ञानलाई विद्यार्थी माझ सिमित नराखी व्यवहारिक प्रयोगात्मक ज्ञानलाई बढावा दिँदै दक्ष जनशक्ति उत्पादन गुर्न आजको आवश्यकता हो । र, हिमाल कलेजले उत्पादन गरेका जनशक्ति विश्व बजारमै निर्धक्क बिक्न सक्ने बनाउने हाम्रो प्रतिबद्धता हो ।

गुणात्मक पक्षमा जोड
हरि ढकाल (डिपाटमेन्ट हेड)

पोखरामा नमुना कलेजको रुपमा स्थापना गर्न चाहेका छौं । संख्यात्मक भन्दा पनि गुणात्मक पक्षले अगाडि बढाएका छौं । प्रत्येक क्लास ४० जना विद्यार्थी राख्ने व्यवस्था गरेका छांै । जसले गर्दा सबै विद्यार्थीले पढाएको बुझुन र राम्रो नतीजा ल्याउन सकुन भन्ने नै हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.