www.tandavnews.com
Fact ~ In search of truth

फ्रान्स आर्मी कन्सल्टेसनले उल्टो धम्काए पीडितलाई

पोखरा
ताण्डव न्यूज ।

अमरसिंह चोकमा रहेको फ्रान्स आर्मी कन्सल्टेसन सर्भिसेसले रकम माग्न गएका पीडितलाई धम्काएका छन् ।

पटक–पटक रकम माग्दा पनि धम्की दिएर फर्काउने गरेको स्याङ्जा पुतलीबजार–११ घर भएका दीपक अर्यालले बताए ।

Batas

‘म पैसा माग्न जाँदा उल्टो धम्काउँदै कहाँ उजुरी गर्ने हो गर भनेर मेनेजर नवराज घिमिरेले भन्यो,’ उनले भने, ‘मलाई सिध्याउने धम्की दिएको छ । मलाई केही भयो भने यही कन्सल्टेसनलाई समात्नु पर्छ । मलाई अपशब्द बाेल्दै उल्टो प्रहरीकँहा थुनिदिने धम्की थिएको छ ।’

कन्सल्टेसनले अर्यालसँग २०७४ साल असोज १ गते फ्रान्स पठाएर फ्रान्स आर्मीमा भर्ती गरिदिने भन्दै १ लाख एड्भान्स लिएको बताए । ‘मलाई १५ लाख खर्च गरे फ्रान्स आर्मीमा भर्ती गरिदिने भन्दै पहिला एक लाख लिएको हो,’ उनले भने, ‘आज रकम माग्न जाँदा धम्काएर पठायो ।’

कन्सल्टेसनले स्याङ्जा घर भएका सन्जिव गुरुङ र कास्कीका रवी खाँण ठकुरीको पनि रकम ठगेको भनी वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीमा उजुरी परेको हो ।

कन्सल्टेसनले ६ महिना अघि गुरुङसँगबाट १ लाख ३५ हजार र ठकुरीसँग १ लाख ३० हजार रुपैयाँ लिएर अझसम्म वेवास्ता गरेको पाइएको छ । कन्सल्टेसनले नदिने व्यवहार देखाएपछि रकम फिर्ता गरि पाउँ भने उनीहरु सामी कार्यालय गुहार्न पुगेका हुन् ।

कन्सल्टेसनका मेनेजर नवराज घिमिरेले रकम दिने बताएपनि ८ महिना भइसक्दा पनि पीडितले रकम पाएका छैनन् ।

यो पनि पढ्नुहोस्

फ्रान्स आर्मी कन्सल्टेसनको ठगि धन्दा (प्रमाणसहित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.