www.tandavnews.com
Fact ~ In search of truth

‘फर्निचर किन्दा क्वालिटी हेर्नै पर्छ’

पोखरा
ताण्डव न्यूज ।

बुटवलमा १५ वर्ष फर्निचरको अनुभव सगाँलेका दीपक कार्की पोखरामा पनि उत्तिकै व्यस्त छन् । २०७० सालमा पोखराको न्यूरोडमा ‘सिटिजन फर्निचर ट्रेड लिङ्क प्रालि’ सञ्चालन गरेका कार्कीसँग फर्निचरसम्बन्धी गरिएको कुराकानीको सार :

फर्निचर किन्दा के कुरामा ध्यान दिनुपर्छ ?

Batas

सुरुमा त क्वालिटी नै हो । सबभन्दा पहिलो क्वालिटी, त्यसपछि फिनिसिङ अनि बल्ल मूल्य हेर्नुपर्छ ।

पोखरामा थुप्रै फर्निचर पसलहरु छन् । अन्यभन्दा सिटीजनमा फर्निचर किन्न किन आउने ?

हामी चाइनाज फर्निचरको इम्पोटर हो । सस्तो, राम्रो र टिकाउको सामान लिनको लागि हाम्रोमा ग्राहक आउनुपर्छ । ओएल फिनिसिङमा सस्तो सामान र क्वालिटीको सामाननै मुख्य हो । हामीले अहिले स्थानीय सामानलाई प्र्रोमोट गरेका छौं ।

फर्निचर बिक्रीको हिसावमा यही बनाएको कि बाहिरबाट आयत भएको बढी बिक्छ ?

अफिसियल सामानको हिसावमा बाहिरको चाइनिज नै बढी प्रथामिकता हुन्छ । घरयासी सामानको लागि यही उत्पादन भएको बढी विक्छ ।

फर्निचर किन्दा ग्राहकले गुणस्तर हेर्नी कि ग्यारेन्टी ?

ग्यारेन्टीको कुरामा ग्राहकको लागि भ्रम जस्तो हो । किनभने १०÷२० ग्यारेन्टी भन्ने एउटा बहानामात्र हो । त्यसो नभनी सामान बिक्दैन पनि । तर, क्वालिटी हेर्नै पर्छ । त्योसँगै ग्राहकले मूल्य पनि हेर्नुपर्छ ।

सोफाको हकमा फम र कपडाको महत्व के हुन्छ ?

सोफाको हकमा भन्नुपर्दा फर्म, कपडा र रेइजिङ नै मुख्य कुरा हो । यहाँबाट धेरै बिक्री भनेको अफिसियल्ली, सोफा र घरयासी सामान नै बढी बिक्री हुने गरेको छ ।

व्यवसाय सुरु गरिरहँदा अप्ठ्याराहरु कत्तिको सामना गर्नुप¥यो ?

अप्ठ्याराको अहिले सम्म फिल गरेको छैन् । व्यापार खोलेदेखि नै भएको छ । त्यस्तो समस्या छैन भन्दा हुन्छ । खास समस्या हुने भनेको स्टाफको हो । त्यसमा उनीहरुलाई समस्या नहोस भनेर बस्नी, खानीको सुविधा गरेका छौं । सेवा सुविधाको लागि पनि तलब देखि लिएर बोनस, केटाहरुको लािग एकवटा बाइक दिएका छांै ।

यहाँबाट पोखराका कुन ठूला संस्थामा फर्निचरहरु पु¥याउनुभएको छ ?

अहिलेको कुरा गर्दा प्रदेशको कार्यालयमा पु¥याएका छौं । मन्त्रीदेखि मुख्यमन्त्रीको क्वाटरसम्म हाम्रै फर्निचर हुन् ।

फर्निचर किन्ने ग्राहकको लागि तपाईको तर्फबाट सुझाव ?

पहिला क्वालिटी हेर्नु होस् । अर्को कुरा सर्भिस पनि हेर्नुहोस् । फर्निचर विग्रियो भने कस्तो सर्भिस दिन्छ त्यो पनि हेर्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.