www.tandavnews.com
Fact ~ In search of truth

हेम्जाका भूवन पर्वतमा गाँजासहित पक्राउ परे

पर्वत
ताण्डव न्यूज । 

जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध लागू पदार्थ गाँजा सहित एक यूवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २५ हेम्जा घर भएका २७ बर्षिय भुवन कुँवर रहेका छन ।

Batas

उनलाई आज बिहान पर्वत सदरमुकाम कुश्माको शिवालचोकबाट आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रबीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कुँवरलाई शंकास्पद अवस्थामा देखेपछि खानतलासी गर्ने क्रममा उनको साथबाट ५० ग्राम गाँजा फेला परेको थियो ।

उनलाई आवश्यक कारबाहीको लागि लागु औषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी पर्वत जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको पनि पर्वत प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.