www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा गगनलाई नेविसंघको कालो झण्डा

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको छ ।

सरकारको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शको कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रम अनुसार पोखराको कोणसभामा सम्बोधन गर्दै गरेका थापालाई नेविसंघ कास्कीका विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो ।

Batas

सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत घटनाको निन्दा गरेको भन्दै विकास नेतृत्व समूहले कालो झण्डा देखाएको हो ।

थापा समूहले आगजनीको विषयमा आफ्ना नेता गगनले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाउँदै उनले माफी माग्नु पर्ने माग गरेको छ ।

तस्विर : माधव भुसाल

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.