www.tandavnews.com
Fact ~ In search of truth

घुँडै सिती

गाईजात्रा : घुँडै सिती

यो देशमा धनीलाई धुमधाम छ,
गरिबलाई चर्को घाम छ ।
बिहान खायो बेलुका के खाम छ,
२०७५ साले गाइजात्रे प्रसुति गृहमा
यो भडारीको रामराम छ…यत्रै सिती ।।

तुइन हटाउने प्रधानमन्त्री तिम्रो सरकार कुइन थाल्यो
आफूलाई हात्ती सम्झने ओली सरकार..,
लोइमुते गोरुझै चुइन थाल्यो ।
दुइतिहाई हुँदा पनि लोइमुते सरकार अभागी नेपालीले देख्नी
सरकारको विकासको पहिलो नारा कर बढाएर जनताको ढाड सेक्नी ।
यस्ता नेतालाई किन भोट हालियो,
थुक्क तेरीमा टोक्नी ।।

Batas

हामीले जितेसी ५ हजार बृद्धा भत्ता बन्छ भन्थे
गाउँगाउँ बाटो खन्छ भन्थे ।
खोला–खोला पुल रहन्छ भन्थे ।
जितेर सहर पसेको नेता यत्रो गाउँ फर्कन्थयो
कर बढाएर जनतालाई बनाएरै छाडो मगन्ते ।।

बुढाबाआमा पिढीमा बसेका छन् रोइ
भन्दैछन् ५ हजार बृद्धा भत्ता खोइ
बुढाबुढीलाई ढाटेर भोट माग्छस
तेरी आमाको पो…।

जनतालाई सुशासन चाहिन्छ, नेतालाई मन्त्रीको आसन चाहिन्छ
यो देशमा चुनाव जित्नलाई बिध्यानष्ट उखान टुक्काको भाषण चाहिन्छ ।
आयो..आयो.. चाइना, काठमाडौं, पोखरा, लुम्बिनी रेलपनि आयो ।
पाइपपाइपबाट एलपी ग्यास र तेल पनि आयो ।
तेल आउँछ कि भनेर पाइप खोल्दा…
मर्दीको भल पानी पो आयो ।।

बाह्रवर्षको जनयुद्धले कमल, पुष्प प्रचण्ड भए
०७४ सालको चुनावले केपीओली उर्ग चण्ड भए ।
लोकतन्त्र ल्याउँदा गोली र डन्डा हामीले खाइयो
चुनावी घोषणा अनुसार काम भएन भने,
केपीलाई छोड्न हुन्न भाइ हो ।।

आन्दोलनमा हजारौंले ज्यान गुमाए
कयाै‍का छातीमा गोली लाए ।
१९ दिनसम्म लडेर ल्याएको लोकतन्त्र
यो देशका कम्युनिष्टले पोलेरै खाए, लौजा ..।।

दक्षिण एसियाको शक्तिशाली प्रधानमन्त्री केपीलाइ मान्नै पर्छ
मैलै नी एकचोटी सलोट हान्ने पर्छ ।
जनतालाई थाउनामा सुताएर प्रधानमन्त्री खाएउ
सरकारमा थेचारिएको वर्षै वित्न लागो तिम्ले के लछारपाटो लायौ ??

तिम्री आमाको पेवा होइन नेपाल, तिम्री स्वास्नीको दाइजो पनि
१९ दिने आन्दोलनमा कुन नेपाली भन्छ सडकमा गइन
अग्रगामी शान्ती अनि खोजेका हौ अमन चैन
चुनावी घोषणअनुसार कुनै काम भएन
लास्टमा तेही गर्नी भए ओली सरकार तिम्रो पनि खैरियत छैन् । लैजा ।।

चाइनाट रेल ल्याउँचु भन्दा मोदी सरकार ढुस्स भयो
पूर्वपश्चिम रेल ल्याउने केपी सरकार ६ महिना नबित्दै,
हात्ती आयो हात्ती आयो फुस्स भयो । लैजा ।।

मकरकाजे दललाई विश्वास गर्दा नेपाली जनता नांगै भयो,
१२ वर्ष ढुंग्रामा राखेनी केपी ओलीको पुच्छर बांगाको बांगै भयो ।
गण्डकीमा बालुवा चाल्ने मजदुरको शरिर महंगीले नांगाको नांगै भयो ।
अब महंगीले गर्दा मजदुरी गर्ने मर्छ कि मर्दैन
अब मेरो एउटा प्रश्नको उत्तर देउ केपी ओली
तिम्ले ५ वर्षपछि चुनाव गर्नुपर्छ कि पर्दैन ??

यसरीनै कर बढाउँदै गयौ भने
अब ५ वर्ष पछि तिम्लाई भोट झर्दैझर्दैन ।
अब पालो राष्ट्रपतिको..
राष्ट्रपतिले १७ करोडको गाडी चढ्दा ३ करोड जनता मर्छ कि मर्दैन
तीनका बुढा मदन भण्डारीले हात्तीछाप चप्पलले साइकल ढेलेर राजनीति गरेको
राष्ट्रपति हुँदा तिनकी स्वास्नीले बुझ्नुपर्छ कि पर्दैन ।
भन्न पाइन्छ भनेर भने गाइजात्राको पारेर मिति
सम्माननीय व्यक्तिहरुलाई घोचेर बोले
यो देशका कम्युनिष्टले पिर माने घुँडै सिते ।।

मानेबा माने प्रचण्डेलाई माने,
बिप्लव फुटे, बैद्य फुटे, बाबुराम फुटे
तर प्रचण्डे कहिल्यै हार मानेनन्
छोरीलाई मेयर बनाउन काँग्रेससँग जुटे
र अन्तिममा पार्टी बनाउन एमालेसँग जुटे ।।

वास्तवमा प्रचण्डको भूमरीमा केपीओली फस्नु फस्याछन्
३ वर्षपछि प्रधानमन्त्री हुनलाई कुकुरले कलो ढुकेझै बस्नु बस्याछन् ।।
गाइजात्राको पारेर तिथि
पुराना माओवादीले पिरमाने घुँडै सिती
अब पालो काँग्रेसको,
सूर्यमा एकलौटी छाप, काँग्रेस हाप, माओवादी पत्तासाप भन्यो एमाले
पत्तासाप त काँग्रेस पो भो,
रामे देखि च्यामेसम्म हार्नी, एउटा देउवाले मात्र जितेर क्यार्नी
धन्न जितेउ देउवा, तिमीनै हौ काँग्रेसलाई नराम्रोसँग बिगार्नी ।।

शुशिलबाले भन्थे, यदी देउवाको हातमा काँग्रेस गयो
सम्झनुहोस काँग्रेस पत्तासाप भयो ।
नभन्दै त्यस्तै भयो, काँग्रेस त राप्रपाको ठाउँमा पो गयो
लास्टमा हिरो प्रचण्डे र केपी नै भयो ।
गाइजात्राको पारेर तिथि
यो देशका नेताले पिरमाने घुँडै सिती ।।

-युवराज भण्डारी (हाँस्यकलाकार)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.